ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर विवादमा जनमतका पूर्वकोषाध्यक्ष यादव ५ लाख धरौटीमा रिहा


abc news

काठमाडौ ४ जेठ । जनमत पार्टीका पूर्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकराज जोशीको इजलासले आइतबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ९४३ मा खरिद गरेको घर पार्टीलाई फिर्ता नदिएको भन्दै जनमतले उनीविरुद्ध जाहेरी दिएको थियो।

जनमतका प्रवक्ता डा। शरदसिंह यादवको जाहेरीपछि ललितपुर प्रहरीले उनलाई सप्तरीबाट पक्राउ गरी ल्याएर अनुसन्धान गरेको थियो।

सुरेन्द्रले पार्टीले अध्यक्ष सिके राउतको लागि खरिद गरेको घर पत्नी ललिताकुमारी यादवको नाममा पास गरेको र पछि नामसारी गरिदिन नमानेको अभियोग छ।

उक्त घर पार्टीको नाममा नामसारी गरिदिन अदालत समक्ष आदेश माग गरिएको छ।

सुरेन्द्रनारायण यादव जनमत पार्टीको कोषाध्यक्ष पदमा रहँदा अध्यक्ष डा चन्द्रकान्त राउत ९सीके० का लागि पार्टीले काठमाडौँमा घर खरिद गर्ने निर्णय गरेर यसको जिम्मा कोषाध्यक्षलाई दिएको जनमतको दाबी छ।

घर खरिदका लागि केही रकम सहयोग लिएको र बाँकी गरिमा विकास बैंकबाट ऋण लिएको जनमतको भनाई छ। सुरेन्द्रनारायण यादवले २०८० जेठमा श्रीमती ललिताकुमारी यादवको नाममा ललितपुरको इमाडोलमा १४३।१२ वर्ग मिटर जग्गामा रहेको घर खरिद गरेका थिए।

पार्टीको लागि भनी खरिद गरेको घरको ऋणको किस्ता पनि २२ महिनादेखि पार्टीले नै तिर्दै आएको प्रमाण पेश गरेको छ।

पार्टीको प्रयोजनका लागि खरिद गरेको घरजग्गा नामसरी गर्न सुरुमा ४० लाख रूपैयाँ माग गरेका सुरेन्द्रले त्यो रकम भुक्तानी पाएपछि पनि घर नदिएको आरोप छ।

साढे तीन तले, ८ कोठा भएको पक्की घर एक करोड ५० लाखमा खरिद गरेका थिए।

सोही घरजग्गा बैंकमा धितो राखी ऋण लिएको र महिलाको नाममा पास गर्दा कर कम लाग्ने भएकाले श्रीमती ललिताको नाममा २०८० जेठ २५ गते पास गरेको उनले बताएका छन्।

सुरेन्द्र यादवले आफूमाथि लगाएको आरोप झुटो भएको दाबी गरेका छन्। उनले जनमतका अध्यक्ष राउतले बस्ने ठाउँ नभएको भन्दै काठमाडौँ बस्नका लागि आफूलाई घर खरिद गर्न भनेको र त्यो घरमा बस्न दिन भनेको प्रहरीलाई बयान दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com