ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरुण दल अधिवेशनमा खुकुरी प्रहार, चार घाइते


abc news
जेष्ठ ३, २०८२ शनिबार  ७ : ११ बजे

काठमाडौ ३ जेठ । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन् । शनिबार बेँसीसहरमा भएको तरुण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

संस्थापन पक्षका युवाहरूले इतर पक्षका युुवामाथि खुकुरी प्रहार गरेको सहभागीहरूले बताएका छन् । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष समेत रहनुभएका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदिप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहनुभएको छ ।

घाइतेमध्ये नेविसङ्घका केन्द्रीय सदस्य अधिकारीको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाइतेको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहनुभएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङ र कांग्रेस लमजुङका पूर्व सभापति समेत रहनुभएका गण्डकी प्रदेशका वनमन्त्री भेषबहादुर गुरुङ पक्षधर युुवाहरूबिचको टसलले घटना निम्तिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

संस्थापन रहेका गुरुङ पक्षधरले तरुण दलमा मनलाग्दी तरिकाले पूर्णकालीन सदस्यलाई हटाउने, प्रतिनिधि छनोट गर्ने गरेको विषयमा विरोध जनाउँदा खुकुरी प्रहार भएको घाइते किशोरजङ्ग बस्नेतले बताउनुभयो ।

तरुण दलको जिल्ला अध्यक्षको प्रत्यासी समेत रहनुभएका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, भीम गुरुङ, बेँसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट छेकेदिएको भन्दै इतरपक्षले उद्घाटनसत्रमा प्रश्न उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com