काठमाडौं, २ जेठ । काठमाडौं लगायत देशभरिका विभिन्न स्थानमा भीषण हावाहुरीले चलेको छ। तीव्र गतिको हावाहुरीका कारण काठमाडौं उपत्यकाको जनजीवन अहिले प्रभावित बनाएको हो । तीव्र गतिको हावाहुरीका कारण सडकमा पैदल यात्रा गरिरहेका पैदलयात्रीहरू समस्यामा परेका छन् भने साना गाडीहरू समेत गुड्न समस्या देखिएको छ । आजैको भीषण हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जना र कैलालीमा एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्