ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले सिरियाको नयाँ स्वघोषित राष्ट्रपतिलाई रियादमा भेटे, साउदीसँग व्यापारिक सम्झौता, दोहामा रातो कार्पेट


ABC News

काठमाडौं ३१ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शरासँग साउदी अरबको राजधानी रियादमा भेट वार्ता गरेका छन् । यो भेट सिरियाको इतिहासमा २५ वर्षपछि दुई देशका नेताहरूबीच भएको पहिलो भेट हो । यो कुटनीतिक विकासक्रमले सिरियाको दशकौँ लामो कूटनीतिक अलगावको अन्त्यको संकेत गरेको छ। यो भेट एक दिनअघि ट्रम्पले सिरियामाथिको अमेरिकी प्रतिबन्ध हटाउने घोषणा गरे लगत्तै साउद राजकुमार मोहमद विन सलमानको मध्यस्थतामा भएको हो । यसले अमेरिकी नीतिमा ठूलो परिवर्तन देखाएको छ ।

ट्रम्पको यो भेट मध्यपूर्वको चारदिने भ्रमणको एक विशेष हिस्सा हो । ट्रम्पले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा व्यापारिक सम्झौता र कूटनीतिक सम्बन्धलाई प्राथमिकता दिएका छन्। तर, यो भ्रमणको समयमा गाजामा हिंसा चर्केको छ । इजरायल भने सिरिया र अमेरिकाबीचको नयाँसम्वन्धले तनावमा परेर गाजामा युद्ध भड्काउन उद्धत भएको देखिएको छ । मंगलबार राति इजरायली हवाई आक्रमणमा दर्जनौँ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ट्रम्प प्रशासनले इजरायल र हमासबीच नयाँ युद्धविराम गराउन खोजे पनि यो हिंसाले त्यसलाई चुनौती दिएको छ।

रियादमा भएको भेटमा ट्रम्पले अल–शरासँग करिब आधा घण्टा कुराकानी गरेको न्यूयोर्क टाइम्सले उल्ल्ख गरेको छ । उनले अल–शरालाई ‘कठोर व्यक्ति’ र ‘आकर्षक नेता’ भन्दै प्रशंसा गरे। यो भेट अल–शराको लागि उल्लेखनीय परिवर्तन हो, किनभने उनले पहिले अल–कायदाको एउटा शाखा नेतृत्व गरेका थिए र उनको समूहलाई अमेरिकाले आतंकवादी संगठनको रूपमा सूचीकृत गरेको थियो। गत डिसेम्बरमा उनको नेतृत्वमा विद्रोही गठबन्धनले सिरियाका तत्कालीन राष्ट्रपति बशर अल–असदलाई सत्ताबाट हटाएको थियो। अमेरिकाले पाँच महिनाअघि मात्र उनको जानकारीको लागि राखिएको १ करोड डलरको इनाम हटाएको थियो।

ह्वाइट हाउसका अनुसार, ट्रम्पले अल–शरालाई सिरियामा ‘ऐतिहासिक काम गर्ने अवसरू रहेको बताए। उनले सिरियालाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न र ‘सबै विदेशी आतंकवादीहरूलाई देश छोड्न लगाउन सुझाव दिएका छन् । यो भेट साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानको निमन्त्रणामा भएको थियो, जसमा टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगानले भर्चुअल सहभागिता जनाएका थिए। साउदी र टर्की दुवैले सिरियामाथिको प्रतिबन्ध हटाउन ट्रम्पलाई आग्रह गरेका थिए । यी दुवै देशका नेताले ट्रम्पको यो कदमलाई ‘साहसी’भनेर प्रशंसा गरे।

व्यापारिक सम्झौता

ट्रम्पको साउदी भ्रमण व्यापारिक सम्झौतामा केन्द्रित थियो। साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने र १४२ अर्ब डलरको हतियार खरिद सम्झौता गर्ने प्रतिबद्धता जनाएको छ। साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले सिरियाको ‘स्रोत र शिक्षित जनसंख्या’ लाई उपयोग गरी आर्थिक पुनर्जागरणको सम्भावना रहेको बताए। उनले साउदी र अन्य खाडी मुलुकहरू सिरियाको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको उल्लेख गरे।

ट्रम्पलाई कतारमा भव्य स्वागत

बुधबार ट्रम्प कतारको राजधानी दोहा पुग्दा उनलाई कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीले भव्य स्वागत गरे। कतारी एफ–५ लडाकु विमानले एयर फोर्स वनलाई स्कर्ट गरे, र रातो कार्पेटमा स्वागत गरियो। कतारले ट्रम्पलाई ४०० मिलियन डलरको लक्जरी विमान उपहार दिने प्रस्ताव गरेको छ । तर यो उपहार अमेरिकामा विवादको विषय बनेको छ। डेमोक्रेटिक नेशनल कमिटीले यो कदमलाई ‘कतार–अ–लागो’ भन्दै ट्रम्पको मार–अ–लागो क्लबमा आकाशमा ब्यानर उडाउने योजना बनाएको छ।

कतारमा ट्रम्पले अमिरसँग क्षेत्रीय शान्तिको लागि सहकार्य गर्ने वाचा गरे। तर, उनको भ्रमणमा गाजा संकटलाई खासै प्राथमिकता नदिएको भन्दै आलोचना भएको छ। साउदीका क्राउन प्रिन्सले गाजामा युद्ध अन्त्य र प्यालेस्टाइनी राज्यको लागि मार्गचित्र बिना इजरायलसँग सम्बन्ध सामान्यीकरण नहुने स्पष्ट पारेका छन्।

विश्वकप कूटनीति
ट्रम्पको भ्रमणमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो पनि सहभागी छन्, । उनी ट्रम्पका समर्थक हुन्। कतारमा उनले २०२२ को विश्वकप आयोजक कतारबाट २०२६ को विश्वकप आयोजनाको जिम्मेवारी ट्रम्पलाई हस्तान्तरण गर्ने समारोहमा सहभागिता जनाउनेछन्। अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा २०२६ को विश्वकप आयोजना गर्दैछन्, तर क्यानडा र मेक्सिकोका प्रतिनिधिहरू यो समारोहमा उपस्थित हुने छैनन्। सन् २०३४ को विश्वकप साउद अरबले आयोजना गर्ने भएको छ ।

क्षेत्रीय स्थायित्वको चुनौती
सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयले खाडी मुलुकहरूलाई सिरियाको पुनर्निर्माणमा लगानी गर्न बाटो खोलेको छ। तर, इजरायलले अल–शराको सरकारलाई ‘जिहादी’ को रूपमा हेर्ने र सिरियाभित्र हवाई आक्रमण गरिरहने अवस्थामा क्षेत्रीय स्थायित्व जटिल छ। साउदी र कतारले गाजामा युद्धविराम र प्यालेस्टाइनी राज्यको लागि दबाब दिइरहेका छन्, । यो प्रयास ट्रम्पको इजरायल नीतिसँग बाझिन सक्छ।

यो भ्रमणले ट्रम्पको व्यापारिक र कूटनीतिक प्राथमिकताहरूलाई उजागर गरेको छ, तर मध्यपूर्वको जटिल भूराजनीतिमा उनको रणनीति कति प्रभावकारी हुन्छ, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com