ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएल पुनः जुर्मुराउने बेला आयो – प्रचण्ड


abc news
बैशाख २९, २०८२ सोमबार  ६ : ०३ बजे

काठमाडौं २९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए ।

‘तपाईंहरूले देख्नुभएको छ, म बिहान बिहानै हिँड्ने गरेको छु । त्यो मर्निङ वाक होइन, त्यो युवाहरूलाई फेरि आन्दोलित गर्ने, वाईसीएललाई फेरि संगठित गर्ने महाअभियान हो,’ उनले भने ।

आजको समयको वाईसीएल नेपालले नयाँ क्रान्तिको तयारी थाल्नु पर्ने बताएका प्रचण्डले अभियानको तयारीको लागि लामबद्ध हुन्, फेरि एकचोटी जुर्मुराएर उठ्न आवश्यक रहेको बताए ।

‘नयाँ क्रान्तिको तयारीको निम्ति वाईसीएल नेपाल एकपटक फेरि जुर्मुराएर उठोस् भन्ने म चाहन्छु,’ उनले भने, ‘किनभने, वाईसीएलले फेरि एकपटक राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बेला आएको छ ।’

प्रचण्डले अभियानको क्रममा र जनसभाको लागि जिल्ला जिल्लामा जाँदा यसपटक वाईसीएल नेपाल सक्रिय हुन थालेको आफूले महसुस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

सम्बन्धित

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com