ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका सबै गतिविधिहरूमा प्रतिबन्ध


abc news

काठमाडौ २८ बैशाख । बङ्गलादेशको अन्तरिम सरकारले अवामी लिगका सबै गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धमा अवामी लिगको अनलाइन प्लेटफर्महरूमा हुने गतिविधिहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।

अन्तरिम सरकारले हिजो बोलाएको सल्लाहकार परिषद्को विशेष बैठकमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

यस्तै बैठकले अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐनमा संशोधन पनि अनुमोदन गरेको छ । संशोधन अनुसार अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले कुनै पनि राजनीतिक दल, उसका सहयोगी वा समर्थक समूहहरूलाई सजाय दिन सक्नेछ । यो निर्णय बङ्गलादेश अवामी लिग र उसका नेताहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण ऐन अन्तर्गत मुद्दा पूरा नभएसम्म लागू रहने खबरमा उल्लेख छ ।

बङ्गलादेशमा पछिल्ला केही दिनदेखि विरोध प्रदर्शनहरू भइरहेका थिए । राष्ट्रिय नागरिक पार्टी ९एनसीपी० लगायत धेरै दल र सङ्गठनहरूले विगत दुई दिनदेखि अवामी लिगलाई ‘आतङ्कवादी सङ्गठन’ का रूपमा प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

गएको वर्षको अगस्ट महिनामा भएको आन्दोलनका कारण बङ्गलादेशमा अवामी लिगको १५ वर्ष पुरानो शासन समाप्त भएको थियो । यसपछि धेरै राजनीतिक दलहरूले अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बङ्गलादेश अवामी लिगको विद्यार्थी सङ्गठन बङ्गलादेश छात्र लिगमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com