ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले संसद्‍मा सरकार बिचौलियाले बनाइदिएको भनेकोमा एमालेको आपत्ति


abc news
बैशाख २८, २०८२ आईतबार  १ : ०४ बजे

काठमाडौ २८ बैशाख । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा पटकपटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विशेषगरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलको नेताबाट यो संसद्‍मा उहाँले गर्नुभएको सम्बोधन हामीले सुन्यौँ। असाध्यै पूर्वाग्रहप्रेरित ढंगबाट राजनीतिक प्रवचनको हिसाबले, नीति तथा कार्यक्रममाथि रनात्मक ढंगले भन्दा पनि सरकारको आलोनाको हिसाबले मात्रै विषय राख्नुभयो।’

यो सरकार बिचौलियाले नभइ संसद्ले संविधान अनुसार बनाएको बर्तौलाको भनाइ छ। ‘यो संसद्‍मा उहाँले फेरि पनि दोहोर्‍याउनु भयो, यो सरकार बनेको पहिलो दिनदेखि उहाँले भन्दै आउनुभयो–यो सरकार दलालले बनाएको हो, बिचौलियाहरुले बनाएको हो। लगायत लगायत,’ उनले भने, ‘उहाँले फेरि पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा उहाँले यो दोहोर्‍याउनुभयो। म आग्रह गर्न चाहान्छु–यो सरकार यो संसद्ले बनाएको हो। संविधान बमोजिम यो संसद्ले बनाएको हो।’

बर्तौलाले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट सरकार बिचौलियाले बनाएको भनेर पटक–पटक सुन्न परेको भन्दै त्यसप्रति विरोध समेत जनाए। ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँले हरेकपटक बिचौलीया, दलाल, माफिया। यस्तो खालको असाध्यै अराजनीतिक, असंसदीय शैलीको हामीले पटक–पटक सुनिरहेका छौँ,’ उनले भने, ‘सुन्न परिरहेको छ। म यसमा दुःख व्यक्त गर्न चाहान्छु।’

बर्तौलाले थपे, ‘सम्मानीय पूर्वप्रधानमन्त्रीज्यू, विपक्षी दलको नेता हुनुहुन्छ। त्यो तहबाट पटक–पटक यसप्रकारको पूर्वाग्रहप्रेरित, कुण्ठाग्रस्त यस्ता अभिव्यक्तिको निरन्तरताले संसदीय मर्यादाको अपमान भएको छ। मर्यादाको च्युत भएको छ। यस कुरामा म उहाँको ध्यानाकर्षण गराउन चाहान्छु। यसको म विरोध पनि गर्न चाहान्छु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com