ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविरामपछि सामान्य बन्दै जम्मुको जनजीवन


abc news
बैशाख २८, २०८२ आईतबार  १२ : ५४ बजे

काठमाडौ २८ बैशाख । भारत र पाकिस्तानबीच शनिबार साँझदेखि युद्धविराम भएपछि आइतबार बिहान जम्मुको अवस्था सामान्य देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मानिसहरू घरबाट बाहिर निस्किएका छन्, केही पसल खुलेका छन् र सडकमा आवतजावत सुरु भएको छ।

यसअघि युद्धविराम घोषणा भएपछि पनि शनिबार राति जम्मुवासीले आफ्ना घर वरिपरि ड्रोन देखेका थिए।

पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा नजिकै रहेका गाउँबाट फोन गर्ने मानिसहरूले युद्धविराम भएको केही समयपछि पनि घर वरिपरि हल्का गोलाबारी भएको आवाज सुनिएको बताएका थिए।

स्थानीयका अनुसार ड्रोनहरू लामो समयसम्म आकाशमा उडिरहेका थिए। तर यी गतिविधि केही घण्टापछि बन्द भए।

भारत सरकारले राति अबेर पत्रकार सम्मेलन आयोजना गरेको थियो। जसमा उसले पाकिस्तानबाट ड्रोन र हल्का गोलाबारी भएको बताएको थियो। यद्यपि, यसपछि स्थिति शान्त भयो।

आइतबार बिहान स्थानीय बासिन्दासँग कुरा गर्दा स्थानीयले रात शान्तिपूर्वक बिताएको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

सीमानजिकै भएको गोलाबारीपछि अहिलेसम्म मानवीय वा सम्पत्तिको क्षति भएको समाचार छैन।

हाल जम्मु र वरपरका क्षेत्रको अवस्था सामान्य छ र मानिसहरू आफ्नो दैनिक जीवनमा फर्किरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

चुनावको संघारमा प्रलोपामा भाँडभैलो, नेतृत्व तितरबितर हुँदा कार्यकर्ता अलमलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com