काठमाडौ २८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले झण्डै ८० लाख नेपाली युवा श्रमका लागि बाहिर रहेको दाबी प्रस्तुत गर्दै उनीहरुको हितका लागि श्रम मन्त्रालयले कुनै काम नगरेको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘झण्डै ८० लाख युवा अहिले अर्काको देशमा काम गर्न बाध्य छन्। तर सरकारको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएर बसेको छ। आज नेपालीहरु बन्दक हुँदा पनि श्रम मन्त्रालयले कुनै पनि काम गरेको छैन। अहिले मात्रै पनि मुलुकमा १४ खर्ब, ४४ अर्ब ३२ करोडको रिमेट्यान्स विदेशमा रहेका मान्छेले पठाएको छ।’
दलालका कारण धेरै घरबारबिहीन हुँदा पनि श्रम मन्त्रालयले कुनै काम नगरेको उनको आरोप छ। ‘श्रम मन्त्रालयको काम आज कति नेपाली ठगीमा परेका छन्, लाखौँ मान्छे दलालले ठगेर घरबारबिहीन भएका छन्,’ शाहीले भने, ‘श्रम मन्त्रीले गाडी चढेर बस्ने हो कि जनताका लागि काम गर्ने होरु यदि जनताका लागि काम हुँदैन भने त्यसको काम छैन।’








प्रतिक्रिया दिनुहोस्