ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी राष्ट्रपति पुटिनद्वारा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव


abc news

काठमाडौ २८ बैशाख । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले रुस–युक्रेनबीचमा दीगो शान्ति स्थापना र युद्धका कारणहरु खोजी गरी समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । साथै पुटिनले आउँदो बिहीवार टर्कीएको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

वार्ताको मध्यस्थता र आवश्यक समन्वय गरिदिन टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई भनेको पनि पुटिनले जानकारी दिनुभएको छ । त्यसअनुसार एर्दोगानले सकारात्मक प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ । रुसी राष्ट्रपतिले अबको निर्णय युक्रेनी अधिकारीहरूको हातमा रहेको बताउनुभएको छ । पुटिनको प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दुवै देशलाई दबाव दिँदै आउनुभएको छ । पछिल्लो समय अमेरिका र युक्रेनबीच महत्वपूर्ण खनिज सम्झौता भइसकेको छ ।

त्यस्तै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले हिजो युक्रेनको राजधानी कीएभको संयुक्त ऐतिहासिक भ्रमण समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com