ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनाशकारी युद्धको सँघारबाट पछि हटे भारत–पाकिस्तान


abc news

काठमाडौ २७ बैशाख । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्।

त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्।

एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’

‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्।

सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन्। उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन्।

‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन्। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन्।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि यसको पुष्टि गरेका छन्। उनले भारत र पाकिस्तानले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन्।

‘पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनले भारतका समकक्षीले ३ः३५ बजे फोन गर्नुभएको थियो। उहाँहरूबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ। आज, दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ। उहाँहरूबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ,’ मिश्रीले भने।

रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश पोखरेलको इजलासमा

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रविको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com