ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कमजोरी नभएको मान्छे छैन, नेताहरूको देवत्वकरण गर्न हुँदैन- प्रचण्ड


abc news
बैशाख २७, २०८२ शनिबार  २ : ४९ बजे

काठमाडौ २७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मानिसका सीमा र कमजोरी हुने भएकाले नेताहरूको देवत्वकरण गर्न नहुनेमा जोड दिएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म कमजोरी नभएको नेता तथा पार्टी नजन्मिएको बताए।

‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ। त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ’, प्रचण्डले भने, ‘प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन्। कमजोरी पनि हुन्छन्। महान् लेनिनले भनेको झैँ सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन। कुनै पार्टी पनि जन्मिएको छैन। जन्मिँदा पनि जन्मिँदैन।’

यस भनाइमा उनले आफू वा आफ्नो पार्टीमा पनि कमीकमजोरी रहेको स्वीकार गरेको बुझिन्छ।

प्रचण्डले अगाडि भने, ‘सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ। त्यसलाई नै इतिहासले महान् भन्छ। त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन्।’

यस क्रममा उनले चुनौतीविरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको दाबी पनि गरे।

अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यतिबेला छन्। हामी ति चुनौतीका विरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एकपटक यथास्थिति भत्काउने र रुपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ।’

तर यसो गर्दा अहिले आफूविरुद्ध प्रतिक्रियावादी, अवसरवादीहरूले घेराबन्दी गर्ने, भ्रम छर्ने काममा लागेको जिकिर गरे।

उनले भने, हामीले यसो गर्न खोजेबापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्राविरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन्। यो स्वाभाविक रूपले भई पनि राख्छन्।’

तर समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com