काठमाडौ २७ बैशाख । भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ।
अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह(१ र फतेह(२ भनिन्छ।
सैन्य विज्ञहरूका अनुसार, फतेह(१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर ९८७ माइल० टाढासम्म प्रहार गर्न सक्षम छ।
रिपोर्टहरूअनुसार, फतेह(२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर ९२४८ माइल० सम्म छ।
दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ।
अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो।
यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा ड्रोन आक्रमण गरेको बताएको छ।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।
त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ुअपरेसन बुन्यान(अन(मार्सुसु थालिएको बताएको छ।
यसैबीच जी(७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।








प्रतिक्रिया दिनुहोस्