काठमाडौ २७ बैशाख । पाकिस्तानी सेनाले साइबर आक्रमणले भारतीय सेनाको क्षमतामा बाधा पुर्याएको दाबी गरेको छ।
अलजजिराका अनुसार पाकिस्तानी सेनाले नेभिगेसन र सञ्चार उपग्रहसहित भारतीय सैन्य उपग्रहहरूलाई ‘सफलतापूर्वक जाम’ गरेको दाबी गरेको सुरक्षा स्रोतहरूले बताएका छन्।
पाकिस्तानको साइबर आक्रमणले भारत सरकारको इमेल सर्भर र पोर्टलहरूलाई पनि निशाना बनाएको बताइएको छ।
तर यस विषयमा भारत सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।
त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ुअपरेसन बुन्यान(अन(मार्सुसु थालिएको बताएको छ।
यसैबीच जी(७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।








प्रतिक्रिया दिनुहोस्