काठमाडौ २७ बैशाख । दक्षिण एसिया विश्लेषक माइकल कुगलम्यानले भारत र पाकिस्तान युद्ध घोषणा नगरी युद्धमा गएको बताएका छन्।
‘उनीहरूले औपचारिक रुपमा युद्ध घोषणा गरेका छैनन् तर व्यावहारिक रुपमा युद्धमा छन्,’ कुगलम्यानको भनाइ अल जजिराले उधृत गरेको छ, ‘शत्रुता बढिरहेको छ र हामी देख्छौँ, भारतको शृंखलाबद्ध आक्रमणपछि पाकिस्तानले तुरुन्त जवाफ दियो अनि लडाइँ जारी छ।’
दुई देशका वायु सेना आमनेसामने लडिरहेको उनको विश्लेषण छ।
‘१९९९ पछि पहिलोपटक दुई आणविक शक्तिहरू भारत र पाकिस्तान लडाइँमा छन्,’ उनको भनाइ छ।
सामाजिक सञ्जालका कारण दुष्प्रचार पहिलेभन्दा निकै ज्यादा भएको उनको बुझाइ छ। त्यसैले के भइरहेको छ र के छैन भन्ने खुट्याउन निकै मुस्किल रहेको उनले बताएका छन्।
तर, दुई मुलुकले एकअर्काको सैन्य इलाकामा आक्रमण गरेकोमा कुनै द्विविधा नरहेको कुगलम्यानले बताएका छन्। एजेन्सी








प्रतिक्रिया दिनुहोस्