ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत–पाकिस्तान युद्धको सङ्केतबीच अमेरिकी उपराष्ट्रपतिको चिसो प्रतिक्रिया: ‘हामी युद्धमा संलग्न हुने छैनौं’


एबीसी न्यूज
बैशाख २६, २०८२ शुक्रबार  ७ : २६ बजे

काठमाडौ २६ बैशाख । भारत–पाकिस्तानबीच चुलिँदो सैन्य संघर्षको बीचमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले स्पष्ट रूपमा अमेरिकी भूमिका सीमित रहने संकेत दिएका छन्। विश्व सामरिक अस्थिरता गहिरिँदै जाँदा अमेरिका भने दर्शक मात्र रहने संकेत दिँदै कूटनीतिक अपिलमा सीमित भएको छ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भेन्सले भने, “हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं। यो हाम्रो काम होइन।” उनले दुवै मुलुकलाई संवाद र तनाव न्यूनिकरणका लागि प्रोत्साहन गर्ने बाहेक अन्य भूमिका नखेल्ने अमेरिकाको नीति स्पष्ट पारे।


भेन्सले अमेरिका यो समस्याको समाधान कूटनीतिक उपायबाट खोज्न चाहन्छ भने पनि, भारत र पाकिस्तानबीचको युद्ध सम्भावना आणविक त्रासमा परिणत नहोस् भन्ने ‘आशा’ मात्र व्यक्त गरेका छन्। यसले अमेरिकी कूटनीतिक सक्रियताको गम्भीरता माथि प्रश्न उठाइरहेको छ।

२२ अप्रिलमा भारतको पहलगाममा भएको चरमपन्थी हमलामा २७ जनाको ज्यान गएको थियो। उक्त हमलाका बेला भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारतमै थिए। त्यही घटनालाई आधार मानेर भारतले मंगलबार राति पाकिस्तानमा सैन्य आक्रमण गरेको हो।

तर, आफ्नो नागरिक तथा परिवारसमेत जोखिममा परेको अवस्थामा समेत अमेरिकाले ठोस र कडा समर्थन जनाउन नसक्नु अन्तर्राष्ट्रिय स्तरमा आलोचित हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि …

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com