काठमाडौ २६ बैशाख । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारका मन्त्रीहरुप्रति गुनासो गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रीहरुले फोन पनि नउठाउने र भेट्न जाँदा भेट पनि नहुने गरेको गुनासो गरे।
‘मन्त्री हुने साथीहरुसँग दुखेसो पनि छ, तपाईंहरु अन्तिम पटक मन्त्री भएको हो कि फर्केर आएपछि सांसदहरुकै लहरमा बस्नुहुन्छरु,’ बास्कोटाले भने, ‘सत्तापक्ष भए पनि म चाहिँ त्यति गुनासो राख्न सक्छु।’
उनले थपे, ‘कतिको दैलोमा भेटै हुँदैन। फोन गर्दा फोन उठ्दैन। जाँदा मान्छे हुँदैन। कहाँ खोज्न जाने टुक्की बालेररु’
नीति तथा कार्यक्रम र बजेट बनाउँदा क्षेत्र नभइ देशलाई सोचेर बनाउन समेत बास्कोटाले सुझाव दिए। ‘बजेट, नीति कार्यक्रममा देशलाई सोचेर गर्नुहोस् है, क्षेत्रलाई सोचेर नर्गुहोस्,’ उनले भने।








प्रतिक्रिया दिनुहोस्