ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल


abc news
बैशाख २६, २०८२ शुक्रबार  ४ : ०६ बजे

काठमाडोै २६ बैशाख । पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गर्नुभएको छ । रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गर्नुभएको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो ।

भारतले जम्मूकाश्मीरको पहलगाममा भएको आक्रमणको लागि पाकिस्तानद्वारा प्रशिक्षित ‘आतङ्कवादी’ भनेर टिप्पणी गरेको छ । तर पाकिस्तानले यो आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नरहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।

भारतले गएको मङ्गलवार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । यसैबीच भारतका संघीय मन्त्रीहरू लगातार बैठकमा छन् । संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग छलफलको तयारी गर्नुभएको छ ।

त्यस्तै वित्तमन्त्री निर्मला सीतारमणले बैंक तथा वित्तीय संस्थाहरूको साइबर सुरक्षा तयारीबारे समीक्षा बैठक गर्न लागेको एनडीटीभीले जनाएको छ । गृहमन्त्री अमीत शाहले भारतीय अर्धसैनिक बलका महानिर्देशकसँग सीमा अवस्थाको समीक्षा बैठक गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com