ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल


abc news

काठमाडोै २६ बैशाख । पाकिस्तानसँगको तनावकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले आज शीर्ष सैन्य नेतृत्वसँग छलफल गर्नुभएको छ । रक्षामन्त्री सिंहले आज नयाँ दिल्लीको साउथ ब्लकमा पश्चिमी सीमामा सुरक्षा अवस्था र भारतीय सशस्त्र बलको तयारीको समीक्षा गर्न उच्चस्तरीय छलफल गर्नुभएको रक्षा मन्त्रालयको जनसम्पर्क निर्देशनालयले जनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

बैठकमा रक्षा प्रमुख जनरल अनिल चौहान, सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठी, वायुसेना प्रमुख एयर चिफ मार्शल एपी सिंह र रक्षा सचिव राजेशकुमार सिंहको उपस्थिति थियो ।

भारतले जम्मूकाश्मीरको पहलगाममा भएको आक्रमणको लागि पाकिस्तानद्वारा प्रशिक्षित ‘आतङ्कवादी’ भनेर टिप्पणी गरेको छ । तर पाकिस्तानले यो आक्रमणसँग आफ्नो देशको कुनै पनि सम्बन्ध नरहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ ।

भारतले गएको मङ्गलवार रातिदेखि पाकिस्तानमा अपरेशन सिन्दूर नामको आक्रमण गरेपछि दुई देशबीचको तनाव चुलिएको छ । यसैबीच भारतका संघीय मन्त्रीहरू लगातार बैठकमा छन् । संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीसँग छलफलको तयारी गर्नुभएको छ ।

त्यस्तै वित्तमन्त्री निर्मला सीतारमणले बैंक तथा वित्तीय संस्थाहरूको साइबर सुरक्षा तयारीबारे समीक्षा बैठक गर्न लागेको एनडीटीभीले जनाएको छ । गृहमन्त्री अमीत शाहले भारतीय अर्धसैनिक बलका महानिर्देशकसँग सीमा अवस्थाको समीक्षा बैठक गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

संविधान र शासन व्यवस्था विरोधी गतिविधि सह्य हुँदैन – गृहमन्त्री लेखक

बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो, १ वर्षमा ९१ अर्ब ५९ करोडभन्दा धेरै थपियो

जेजु एअर विमान दुर्घटना : पीडित परिवारले यातायातमन्त्रीसहित १५ जनाविरुद्ध उजुरी दर्ता गरे

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश पोखरेलको इजलासमा

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com