ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियलमा रहन रोनाल्डोको सर्त


admin

एजेन्सी, ९ चैत । स्पेनिस क्लब रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियलमा रहन सर्त अगाडि सारेका छन्।

पटक पटक रोनाल्डोले क्लब छाड्न चाहेको समाचार बाहिर आएपछि उनले क्लब छाड्नेबारे एउटा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

कर छली प्रकरणमा मुछिएपछि रूष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबरमा बताइएको थियो । रोनाल्डो आफैंले भने यस विषयमा केही तर्क दिएका थिएनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय खबरका अनुसार रोनाल्डोले क्लबमा रहन रियल म्याड्रिड सामु एक सर्त राखेका छन् ।

डेली मिररका अनुसार रोनाल्डोले क्लबसामू आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन्।

यसैबीच क्लबका प्रशिक्षक जिनेदिन जिदान, कप्तान सर्जियो रामोसले रोनाल्डोलाई रियलमा नै रहन आग्रह गरेका छन्।

उता, रियल छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् । समाचार अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) रियलका स्टार फरवार्डलाई भित्र्याउन १ सय ४० मिलियन युरो तिर्न तयार रहेको बताएको छ।

क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ ।

उता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ।

लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको उपाधि जितेका उनले गएको सिजनमा रियललाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित

भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी

साफ यू–२० च्याम्पियनसिप : भारतसँग नेपालको लज्जासपद हार

लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि

साफ यु २०ः नेपालको सुखद् सुरुवात, माल्दिभ्स ४–० ले पराजित

नेपाली रेफ्रीद्वय लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क जाने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...