ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियलमा रहन रोनाल्डोको सर्त


admin
चैत्र ९, २०७४ शुक्रबार  ८ : २४ बजे

एजेन्सी, ९ चैत । स्पेनिस क्लब रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियलमा रहन सर्त अगाडि सारेका छन्।

पटक पटक रोनाल्डोले क्लब छाड्न चाहेको समाचार बाहिर आएपछि उनले क्लब छाड्नेबारे एउटा सर्त अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

कर छली प्रकरणमा मुछिएपछि रूष्ट बनेका रोनाल्डोले स्पेन नफर्कने ‘मुड’ बनाएको खबरमा बताइएको थियो । रोनाल्डो आफैंले भने यस विषयमा केही तर्क दिएका थिएनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय खबरका अनुसार रोनाल्डोले क्लबमा रहन रियल म्याड्रिड सामु एक सर्त राखेका छन् ।

डेली मिररका अनुसार रोनाल्डोले क्लबसामू आफूले तिर्न बाँकी रहेको भनिएको १४.७ मिलियन युरो क्बलले तिर्न माग गरेका छन्।

यसैबीच क्लबका प्रशिक्षक जिनेदिन जिदान, कप्तान सर्जियो रामोसले रोनाल्डोलाई रियलमा नै रहन आग्रह गरेका छन्।

उता, रियल छाड्ने चर्चा भएपछि विभिन्न क्लबहरुले रोनाल्डोलाई भित्र्याउने तयारी गरेका छन् । समाचार अनुसार पेरिस सेन्ट जर्मेन (पिएसजी) रियलका स्टार फरवार्डलाई भित्र्याउन १ सय ४० मिलियन युरो तिर्न तयार रहेको बताएको छ।

क्लबले रोनाल्डोको एजेन्ट जर्ज मेन्डेससँगको कुराकानीमा रोनाल्डोले माग गर्ने वार्षिक ३० मिलियन युरो तलब पनि तिर्न तयार रहेको बताएको छ ।

उता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्राउने प्रयासमा रहेको बताइएको छ।

लगातार तीन पटक पोर्चुगल वर्ष खेलाडीको उपाधि जितेका उनले गएको सिजनमा रियललाई १२ औँ च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com