ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सञ्जालले टेरपुच्छर नलगाएपछि अब के गर्छ सरकार


एबीसी न्यूज

काठमाडौं, २३ वैशाख सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समयसीमा तोक्यो। त्यो अवधिमा मेटा लगायतका सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले थप एक साताको मौखिक समयसीमा दिए।

त्यो अवधिमा पनि दर्ता भएनन्। पटक–पटकका आह्वानलाई पनि सामाजिक सञ्जालले टेरपुच्छर नलगाएपछि ‘अब के गर्ने’ भन्नेमा सरकार अलमल देखिएको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गुरुङले मेटालाई इंगित गरेर दर्ता नभए बन्द गर्ने चेतावनी पनि दिएका थिए। तर, सरकारको चेतावनीका बाबजुद पनि सामाजिक सञ्जाल सूचीकरण तथा दर्ताका लागि आएनन्। न मेटा आयो न अरू सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि आए। मेटाअन्तर्गत फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्ट्राग्राम पर्छन्। चेतावनी दिँदा पनि दर्ताका लागि नआएपछि सरकारको विकल्पको खोजीमा लागेको छ। सामाजिक सञ्जाल बन्द गर्न त्यति सहज नभएकाले विकल्पको खोजीमा लागेको मन्त्रालयका अधिकारी बताउँछन्। ‘एकै चोटी बन्दा गर्दा नकारात्मक प्रभाव मात्रै होइन राज्यलाई क्षति पुग्छ, ती अधिकारीले भने, के गर्ने भनेर अध्ययन गर्दै विकल्प खोज्दै छौं।’ मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले पटक–पटक सूचना प्रकाशित गर्दा र इमेलमार्फत सम्पर्क गर्दा पनि सूचीकरण÷दर्ताका लागि सामाजिक सञ्जाल नआएको बताए। सामाजिक सञ्जाल प्लेटफर्म व्यवस्थित गर्न सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०६० समेत जारी गरेको थियो। यो निर्देशिका २०६० मंसिर ११ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा ल्याइएको छ।

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी वा संस्थाले आफ्नो सामाजिक प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्थाअनुसार सूचना प्रकाशन भएको मितिले तीन महिनाभित्र सूचीकरण हुन आह्वान गरिएको थियो। निर्देशिका अनुसार नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र नियमन परिचालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था छ। ०६१ भादौ २५ गते मन्त्रालयको वेवसाइटमा निर्देशिका राखेर सरकारको ०८१ भदौ ६ को बैठकको निर्णय कार्यान्वयनका सुनिश्चितताका लागि समेत अनुरोध गरी सूचना प्रकाशन गरिएको थियो। सन् २०२४ अक्टोबर २२ मा केही ठूला सामाजिक सञ्जाल प्लेटफर्म (मेटा, एक्स लगायत) का चिफ अपरेटिङ अफिसरलाई सम्बोधन गरी मन्त्रालयमा सूचीकरण तथा निर्देशिकाको कार्यान्वयन साथै नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि इमेलमार्फत पत्राचारसमेत गरिएको थियो।
सोही निर्देशिकाको परिचालनको सुनिश्चितताका लागि ०६१ माघ २१ गते गोरखापत्र राष्ट्रिय दैनिक र द राइजिङ नेपालमा सूचना प्रकाशन गरी सूचीकरणका लागि आह्वान गरिएको थियो। अन्तिम पटक २०८१ चैत ७ गते सूचीकरणको ३० दिनको समयावधि दिई पुनः सूचना प्रकाशित गरिएको थियो।

यस अवधिसम्म पनि सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०६० बमोजिम थप कुनै पनि सामाजिक सञ्चालकहरूमा सूचीकृत हुन नआएको मन्त्रालयले जनाएको छ। सुरुवातमा सम्पर्कमा पनि नआएको र पछि सम्पर्क आएपनि उनीहरूले दर्ताको चासो नदेखाएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका प्रवक्ता सहसचिव ठाकुरले पछिल्लो समय सम्पर्कमा आए पनि कूटनीतिक रूपमा उनीहरूले कुरा गरेको बताए। उनले सामाजिक सञ्जालको विषयमा राजनीतिक तहबाटै निर्णय हुनुपर्ने बताए। सरकारले सूचीकरण/दर्ता गर्न नआए नेपालभित्र निष्क्रिय गराउँदै लैजाने तयारीमा छ। सञ्चार मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०७० बमोजिम सूचीकरण/दर्ता नहुने सबै सामाजिक सञ्जालहरू कमशः नेपाल भित्र निष्क्रिय गराइने उल्लेख गरेको छ। मन्त्रालयले नेपालभित्र निष्क्रिय गराइएकाहरूले सूचीकरण गरी दर्ता गरेमा सोही क्षणबाट पुनः सक्रिय गराइने सूचनामा उल्लेख छ।

दर्ता नहुँदा अर्बौं राजस्व गुमेको छ। सामाजिक सञ्जालमार्फत हालको कर संकलन ३४–३५ करोड भए पनि नीति सुधार, प्रविधिको सुदृढीकरण, अन्तर्राष्ट्रिय सहकार्य र कानुनी स्पष्टतामार्फत यो एक अर्ब वा सोभन्दा माथि पु¥याउन सकिने सम्भावना छ।

दर्ता नहुँदा राजस्व गुम्नुको साथै नियमन नहुँदा गलत सूचना प्रवाह भइरहेका छन्। सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा विचाराधीन छ। सरकारले नियमन गर्न, राजस्व संकलन गर्न र अपराधको पहिचान गर्न लगायतका कारणले सामाजिक सञ्जाल दर्ता गर्न चाहेको हो।

मन्त्रालयका अनुसार हालसम्म टिकटक, निम्बज, विटक र भाइबरजस्ता सामाजिक सञ्जाल प्लाटफर्म सूचीकृत भएका छन् । नेपालमा सञ्चालन हुनेमध्ये सबैभन्दा ठुलो हिस्सा मेटा कम्पनीको छ । मेटामार्फत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नामका सामाजिक प्लाटफर्म सञ्चालनमा छन् । जसमध्ये नेपालमा सबैभन्दा लोकप्रिय फेसबुक छ । फेसबुकको नेपालमा ९२।६५ प्रतिशत पहुँच छ । ट्विटर ९एक्स० ४।१ प्रतिशत नेपालीले चलाउँछन् । युट्युब सञ्चालन गर्ने २।४३ प्रतिशत छन् । इन्स्टा चलाउने ०।३४ प्रतिशत छन् भने लिंक दिनको ०।२६ प्रतिशत, पिन्टरेस्टको ०।१३ प्रतिशत हिस्सा छ । मन्त्रालयका अनुसार फेसबुकले मात्रै प्रत्येक वर्ष नेपालबाट कम्तीमा एक अर्ब रुपैयाँ लैजान्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com