ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमाका सानातिना समस्या स्थानीयस्तरमा सुल्झाउन पूर्वउपराष्ट्रपतिको आग्रह


admin
चैत्र ९, २०७४ शुक्रबार  ७ : ४६ बजे

बुटवल, ९ चैत । पूर्वउपराष्ट्रपति परमान्द झाले दुई देशका सीमामा भइरहने समस्या स्थानीयस्तरको समझदारीमा सुल्झाएमा प्रभावकारी हुने बताउनुभएको छ ।

नेपाल भारत मैत्री समाज भैरहवाले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले राजनीतिक र अन्य समस्या केन्द्रीय तहबाट समाधान भए पनि वारिपारिका सानातिना समस्या सीमा स्थानीय संघसंगठनको संवाद र छलफलबाट समाधान गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा मैत्री समाजका केन्द्रीय अध्यक्ष प्रेम लस्करीले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली पक्षमाथि कहिलेकाहीँ अप्ठयारो पार्ने व्यवहार गर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न नेपालस्थित भारतीय राजदूतावासलाई भन्ने गरिएको बताउनुभयो ।

पूर्वमन्त्री ओमप्रकाश यादव गुलजारीले भारत जाँदा नेपालीले र नेपाल आउदा भारतीयले समस्या भोग्ने परम्परालाई निराकरण गर्न मैत्री समाजले विशेष पहल गर्नुपर्ने बताउनुभयो । सो अवसरमा मैत्री समाज बेलहिया शाखाका अध्यक्ष डा शान्तकुमार शर्मा, भैरहवा शाखाका अध्यक्ष राजेन्द्र गुप्तालगायत रोटरी, लायन्स क्लब, भूपू सैनिक संगठन आदि विभिन्न संघसंस्थाका प्रमुखले भारत जाँदा भारतीय सुरक्षाकर्मीले दशगजामा नेपालीमाथि जाँचका नाममा गर्ने गरेको दुव्र्यवहार तत्काल रोक्ने पहल गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा रास्वपा पहिरो जाने क्रम थामिएनः हल्लियो वैकल्पिक शक्तिको आधार

त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com