ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशमलाई थुनाउने विष्ट, टीकापुरका मृतकको शान्तिका लागि पत्र लेखेँ, जुनसुकै सजाय भोग्न तयार छु


एबीसी न्यूज

काठमाडौं १८ बैशाख । रेशम चौधरीलाई कारागार फर्काउने अनधिकृत पत्र तयार गर्ने महिमान विष्टले आफूले पत्र लेखेको स्वीकार गरेका छन्। टीकापुरको कर्तव्य ज्यानसहितका मुद्दामा सरकारले कैद मिनाह दिएर रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई विष्टले तयार गरेर बुझाएको पत्रकै आधारमा प्रहरीले बुधबार पक्राउ गरेको थियो।

सर्वोच्च अदालतको पत्र कारागार र प्रहरीलाई बुझाउन पनि उनी आफै उपस्थित भएका थिए। रेशमलाई प्रहरीले पक्राउ गरेर डिल्लीबजार कारागारमा राखिसक्दा पनि सर्वोच्च अदालतका प्रवक्ता भने जानकार थिएनन्।

उनले के भएको भन्ने कुरा आफूले बुझिरहेको बताएका थिए। तर उनले बुझिसक्दा रेशमलाई बाँकी कैद भुक्तानका लागि भन्दै कारागारमा राखिसकिएको थियो।

तर पछि मात्रै खुल्यो– रेशमलाई पक्राउ गरेर कारागार पठाउन पत्र लेख्ने व्यक्ति सर्वोच्च अदालतको रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्ट भएको। विष्टले महाशाखाको चलानी नं १९२७७ को पत्र कारागार कार्यालय डिल्लीबजारलाई पठाउँदै कैदमा राख्न भनेका थिए।

तर विष्टले अनधिकृत रुपमा पत्र लेख्ने कार्य गरेको, अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अदालतको छाप, लेटर प्याड र पदको दुरुपयोग गरी पत्राचार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

विष्टलाई नियन्त्रणमा लिएर सर्वोच्चले अनुसन्धान एवं कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ।

सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर बुझाएपछि जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकारीहरूले विष्टसँग सोधपुछ गरेका छन्। सोधपुछका क्रममा उनले रेशमलाई थुनाउने पत्र आफैँले लेखेको स्वीकार गरेका छन्।

टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहितलाई कैद भुक्तान नसकी माफी दिएर रिहा गर्नु गलत भएको बताएका छन्।

‘मैले टीकापुर घटनामा मारिएकाको आत्मा शान्तिका लागि गरेको हुँ,’ उनको भनाइ उद्धृत गर्दै परिसरका एक अधिकारीले भने।

उनले थपे, ‘त्यो पत्र मैले होसमै लेखेको हुँ। कसैले केही भनेर होइन। फैसलाको पूर्णपाठ नै नआई आममाफी दिनु गलत थियो। यसरी दिन मिल्दैन। त्यही भएर मैले यस्तो गरेँ। अब जे सजाय भोग्नपर्छ, त्यसका लागि तयार छु।’

उनलाई कुन कसुरमा कारबाही गर्ने भन्ने प्रारम्भिक अनुसन्धानपछि निर्णय लिने परिसरका प्रवक्ता एसपी बोहराले बताए।

‘अब भर्खरै उहाँलाई पक्राउ गरेर ल्याएका छौँ समय छँदैछ, सोधपुछ गरेर भएको के हो हेरेर त्यही अनुसारको कसुरमा कारबाही अगाडि बढ्छ,’ एसपी बोहराले नेपालखबरसँग भने।

विष्टले पत्रको दुरुपयोग गरेको पुष्टि भएपछि सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई तत्काल रेशम चौधरीलाई रिहा गरिदिन पत्र पठाएको थियो। सर्वोच्चको पत्रपछि कारागारले रेशमलाई उनका बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडेको छ।

रेशमसहितलाई माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा निवेदन परे पनि आदेश आइसकेको छैन। तर विष्टको गलत पत्रकै कारण रेशमले भने बुधबार ५ घण्टा कैदमा बस्न परेको छ।

यता उनी पक्राउ परेसँगै बुधबारकै लागि तय भएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता कार्यक्रम पनि रोकिएको छ। रेशमको रिहाइपछि सुनियोजित रुपमा एकता भाँड्नकै लागि यस्तो घटना भएको दुवै पार्टीका नेताहरूले प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com