ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालकाे १०० दिन पूरा


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार  ६ : ०० बजे

काठमाडौं १७ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ । कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रपति ट्रम्पले आफ्ना उपलब्धिहरू दाबी गर्दै चुनावी अभियानकै शैलीको भाषण गर्नुभएको बीबीसीले जनाएको छ ।

मिशिगनमा समर्थकहरूको भीडमा बोल्दै ट्रम्पले गहिरो परिवर्तनका लागि आफूले राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले आफ्ना पूर्ववर्ती जो बाइडनको खिल्ली उडाउनुका साथै अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेलको पनि आलोचना गर्नुभएको छ ।

यद्यपि १०० दिन पूरा भएको सन्दर्भमा भएको एक सर्वेक्षणानुसार ट्रम्पको अनुमोदन दर खस्किएर ४४ प्रतिशतमा झरेको छ । १०० दिने कार्यकालमा आधाभन्दा कम नागरिकको समर्थन प्राप्त गर्ने अमेरिकी राष्ट्रपतिहरूमा ट्रम्प दोस्रो विश्वयुद्धपछिका एकमात्र राष्ट्रपति बन्नुभएको छ । तर ट्रम्पले आफ्नो लोकप्रियता घटेको देखाउने जनमत सर्वेक्षण झुटो भएको दाबी गर्नुभयो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा उच्च गिरावट आएको छ । ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि झन्डै ६५ हजार ७ सय जना आप्रवासीलाई निष्कासन गरेको ह्वाइट हाउसले जनाएको छ ।

तर अर्थतन्त्र उहाँका लागि सम्भावित राजनीतिक जोखिम बनेको छ । उहाँको नीतिहरूका कारण विश्वव्यापी व्यापार युद्ध निम्तिएको छ । ट्रम्पले आयात शुल्क बढाएपछि अमेरिकाकै आर्थिक वृद्धि सबैभन्दा धेरै खस्किने अन्तराष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com