ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्री शाह साताव्यापी भारत भ्रमणमा


एबीसी न्यूज
बैशाख १७, २०८२ बुधबार  १२ : ०७ बजे

काठमाडौं १७ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह मंगलबार एक साता लामो भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको टोली भारत गएको हो।

महिनौँदेखि भारत भ्रमणको अपेक्षामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निम्तो नदिएको चर्चा भइरहेका बेला भारतले प्रदेशका मुख्यमन्त्रीलाई औपचारिक भ्रमण गराएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भारत पुगेको मुख्यमन्त्री शाहको टोलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा। शंकर शर्मा, भारत सरकारका तर्फबाट नेपाल हेर्ने डेपुटी सेक्रेटरी साकेता, नेपाल र भुटान नर्थ डेस्क हेर्ने एडिसनल सेक्रेटरी मुनु महाबर र काउन्सिलर नवीन अधिकारीले स्वागत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भ्रमण टोलीको सम्पूर्ण व्यवस्थापन भारतीय दूतावासले गरेको छ ।

भ्रमण टोलीमा रहेका एक सदस्यले पूर्वनिर्धारित कार्यसूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट समावेश नगरिए पनि मुख्यमन्त्रीको टोली दिल्ली पुगिसकेपछि भारतीय दूतावासले प्रधानमन्त्री मोदीसँग पनि भेट गराउने प्रयास भइरहेको जानकारी दिइएको बताए ।

भारतीय सत्ता राजनीतिमा प्रभावशाली मानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसँगको भेटघाट भने पूर्वनिर्धारित कार्यसूचीमै छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री नेतृत्वको टोलीले बुधबारदेखि औपचारिक भेटघाट र विभिन्न स्थानको अवलोकन भ्रमण सुरु गर्नेछ ।

बुधवार राजघाट, भारतको नयाँ संसद् भवन, प्रधानमन्त्री संग्राहलय अवलोकन, विदेश मामिला हेर्ने राज्यमन्त्रीसँग भेटवार्ताको कार्यक्रम छ । अपराह्न विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसन संघसँग अन्तरक्रिया गर्ने कार्यसूची रहेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। जितु उपाध्यायले बताए ।

विवेकानन्द फाउन्डेसन भारतको थिङ्क ट्यांकका रूपमा पनि कार्यरत छ । भ्रमण टोलीका अर्का एक सदस्यले भारतीय दूतावासले मुख्यमन्त्री शाहको टोलीलाई प्रधानमन्त्री मोदीसँग पनि भेट गराउन प्रयास भइरहेको जानकारी दिइएको बताएका छन् ।

भ्रमण टोली बिहीबार ऊर्जा सम्बन्धी संस्थाको अवलोकनका लागि फरिदाबाद जाने, नयाँ दिल्लीमै रहेको नेशनल स्किल डेभलपमेन्ट कर्पोरेसनसँग अन्तरक्रिया, भारतीय कृषि अनुसन्धान इन्स्टिच्यूटको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रवार भ्रमण टोली दिल्लीबाट उत्तराखण्ड आउने छ । उत्तराखण्डमा प्रदेश प्रमुख, मुख्यमन्त्री, संस्कृति तथा पर्यटन मन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । साथै त्यसै दिन होटल म्यानेजमेन्ट इन्स्टिच्यूटको भ्रमण र साँझ त्यहाँका संस्कृति तथा पर्यटन मन्त्रीले रात्रीभोज दिने छन् । टोली शनिवार तेरीधाम प्रस्थान गर्नेछ । उत्तराखण्डबाट टोली उत्तर प्रदेश प्रस्थान गर्नेछ ।

उत्तर प्रदेशमा अयोध्या, राम जन्मभूमि मन्दिरलगायत धार्मिक स्थलको भ्रमण गर्ने कार्यसूची रहेको छ । सोमबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि टोली २२ गते लखनउबाट धनगढी फर्किने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

‘प्रदेश तहबाट पहिलो पटक छिमेकी राष्ट्रको औपचारिक भ्रमणमा जान थालेका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘नयाँ दिल्लीमा विभिन्न तहमा हुने भेटघाट, छलफल तथा विभिन्न स्थानको अवलोकनले सुदूरपश्चिम सरकारको सम्बन्ध सम्पर्कलाई सकारात्मक बनाउने छ । साथै सीमावर्ती उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग हुने भेटघाटले दुवै देशका प्रदेश सरकारसँगको सम्बन्ध थप प्रगाढ हुनुका साथै सरसहयोगको दायरा बढ्ने छ ।’

भ्रमण टोलीमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादीका सांसद झापटबहादुर साउँद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा। कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा। जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सहभागी छन् । भ्रमण टोली मंगलबार होटल ओबरायमा बसाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com