ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेक गर्ने क्रममा भागेको कार दुर्घटनामा पर्‍यो, ४२१ किलो गाँजा बरामद


एबीसी न्यूज

काठमाडौं १७ बैशाख । धनकुटाबाट सशस्त्र प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका( ६ नमस्ते झरनास्थित कोसी लोकमार्गबाट गाँजासहितका कार नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

धनकुटाबाट धरानतर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कारलाई सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन वेश मुलघाटले जाँच गर्ने क्रममा चालकले नरोकी भगाएका थिए।

डिउटीमा रहेका सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्न खोज्दा भागेको कारलाई सशस्त्र प्रहरीले पिछा गर्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कार चालक भने फरार रहेका थापाले बताए।

कारबाट १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा बरामद भएको छ। कार र बरामद गाँजा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

युवा स्वरोजगार कोषको १ अर्ब बढी कर्जा दुरुपयोग, महालेखाले उठायो प्रश्न

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com