काठमाडौं १६बैशाख । नेकपा एकीकृत समाजवादी का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरुका मागहरु सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले शिक्षकका जायज मागहरु पुरा गर्न यथाशीघ्र विद्यालय शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने टिप्पणी गरे।
‘शिक्षकहरुका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु,’ चौधरीले भने, ‘ अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला। शासकहरु भागेको कुरा सुन्नुभएको होला नि। पढ्नु भएको पनि होला। जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ।’
उनले सरकारले शिक्षकहरुमाथि जंगली र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट भत्र्सना गरे।
प्रतिक्रिया दिनुहोस्