ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरुद्वारा बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास


एबीसी न्यूज

काठमाडौं १३ बैशाख । नाचगान, रक्तदान, सडकमा सुत्ने लगायतका शैली अपनाएर काठमाण्डौको सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरु आज भने उग्र देखिएका छन् । यस अघि प्रहरीले तोकेको ठाउँसम्म मात्रै प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज २५ औं दिनमा भने बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

शिक्षकहरु प्रहरीले लगाएको बार नाघेर बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले २५ दिनदेखि माइतिघर–बबरमहल सडमा प्रदर्शन गर्दै आएका छन् । सामुदायिक बिबद्यालय बन्द भएको लामो समय भएपछि सरकारले शिक्षकसँग वार्तालाई तिब्र बनाएको छ ।

आज बिहान पनि सिंहदरबारमा शिक्षा मन्त्री रघुजी पन्तसहित वार्ता भएको थियो । तर, वार्ता निष्कर्षमा पुगेको छैन । अस्ति बिहिवार सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने गरी तीनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिइसकेको छ । जस अनुसार भोलिसम्ममा पठनपाठन गर्ने वातावरण बनाउनुपर्छ ।

शिक्षकहरु यस पटक आफ्ना सबै माग पूरा गरेर मात्रै फर्कने अडानमा छन् । ऐन जारी गर्न अझै समय लाग्ने भएकोले सरकारले माग पूरा गर्न सकेको छैन । यसैबीच विभिन्न पालिकाहरुले तत्काल बिद्यालय खोल्न निर्देशन दिन थालेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गते अर्थात् भोलिदेखि विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य पढाई सञ्चालन गर्न सूचित गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले पनि भोलिदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । अरू पालिकाहरुले पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com