काठमाडौं १३ बैशाख । अबको एक महिनामा सरकारले आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउँदैछ । त्यही बजेट बनाउन सरकारलाई यतिबेला चटारो छ । सार्वजनिक विदाको दिन पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटकै कामका लागि मन्त्रालयमा व्यस्त हुनुहुन्छ । मन्त्रालयमा पुग्दा अर्थमन्त्री पौडेल र मन्त्रालयका कर्मचारी बजेटसम्बन्धी काममै व्यस्त देखिन्छन् ।
अर्थ मन्त्रालय विभिन्न क्षेत्रसँगको छलफलमा व्यस्त भएको मन्त्रालयका कर्मचारी बताउँछन् । हिजोदेखि संसद्को बजेट अधिवेशन पनि शुरु भइसकेको छ । आउँदो १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र वैशाख २८ गतेदेखि प्रि–बजेट छलफल शुरु हुने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२र८३ को बजेट सिलिङ झण्डै १९ खर्ब रुपैयाँ तोकिएको छ । यस पटकको बजेटमा तीन करोडभन्दा कम लागतका आयोजना समावेश नगर्ने नीति अर्थ मन्त्रालयको छ ।
प्रतिक्रिया दिनुहोस्