काठमाडौं १२ बैशाख । धनुषाको शहीद नगरपालिका–५ यदुकोहामा विष खाएको घटनामा आमाको पनि ज्यान गएको छ । विष खाएर गम्भीर भएकी पवित्रा साहको उपचारका क्रममा जनकपुरधाममा रहेको रामजानकी अस्पतालमा आज ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएको सोमवार गहुँमा राख्ने विष खाँदा आमा बिरामी र तीन छोराछोरीको ज्यान गएको थियो । ६ वर्षीय छोरा आदित्य तथा छोरीहरू ४ वर्षीया आकृति र २ वर्षीया आरुतीको घटनास्थलमै ज्यान गएको थियो ।
विष खाएकी पवित्राको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्