ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले सिपाही छोरा लगेपछि भारत सरकारसँग हारगुहार


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । पाकिस्तानी रेन्जर्स अर्धसैनिक बल ले हिरासतमा लिएका भारतीय बीएसएफ सीमा सुरक्षा बल० जवान पूर्णमकुमार पीके० सावका बुबा भोलानाथ सावले आफ्ना छोराको सुरक्षित फिर्तीका लागि भारत सरकारलाई अपिल गरेका छन्।

पूर्णमकी श्रीमती रजनीले पनि आफ्ना पतिको सुरक्षित र तत्काल फिर्तीका लागि केन्द्र र राज्य दुवै सरकारसँग अनुरोध छन्।

पश्चिम बंगालको हुगली जिल्लाको रिश्रामा बस्ने पूर्णमको परिवारलाई उनका एक साथीले फोनबाट घटनाबारे जानकारी गराए थिए।

बुबा भोलानाथ सावका अनुसार पूर्णम गत महिना बिदामा घर आएका थिए र मार्च ३१ मा पठानकोट फर्किएका थिए।

श्रीमती रजनी भन्छिन्, ‘पहलगाम घटनापछि मैले श्रीमान्‌सँग फोनमा कुरा गरेकी थिएँ। गत बुधबार राति श्रीमान्‌का एक साथीले मलाई फोनमा उहाँको पाकिस्तानी रेन्जर्सको हिरासतमा रहेको जानकारी गराए।’

उनका अनुसार पूर्ण गत महिना प्रयागराजमा आयोजित कुम्भको समयमा पनि ड्युटीमा थिए।

पूर्णमका बुबाले भने, ूबुधबार फोन गरिएको थियो तर कुनै प्रतिक्रिया आएन। त्यसपछि राति हामीले उनी पाकिस्तानको हिरासतमा रहेको जानकारी पायौँ। बीएसएफका एक वरिष्ठ अधिकारीसँग फोनमा कुरा गरियो।’

पीडित परिवारलाई अहिले पूर्णमलाई कहाँ राखिएको छ भन्ने थाहा छैन।

भारतका केन्द्रीय मन्त्री तथा राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदारले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स अकाउन्टमा लेखेका छन्, ‘यस बुधबार हुगलीको रिस्दाका एक बहादुर बीएसएफ जवान पीके सावलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको छ। आज मैले उनको परिवारसँग कुरा गरेँ र तपाईंहरू एक्लो हुनुहुन्न, भारत सरकार तपाईंहरूका साथमा दृढतापूर्वक उभिएको छ।’

उनले सरकारले सैनिक पूर्णमलाई मातृभूमिमा फिर्ता ल्याउन कूटनीतिक र प्रशासनिक दुवै तरिकाले हरसम्भव प्रयास गरिरहेको उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबको फिरोजपुर सीमामा बीएसएफको १८२औँ बटालियनमा तैनाथ पूर्णलाई बुधबार पाकिस्तान रेन्जर्सले हिरासतमा लिएको हो। घटनाका बेला उनी सिपाही पोसाकमा थिए र उनीसँग सर्भिस राइफल थियो।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। जसले संयुक्त राष्ट्रस‌ंघलाई समेत चिन्तित बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन – प्रधानमन्त्री ओली

सगरमाथा संवाद अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्वपूर्ण –  परराष्ट्रमन्त्री

नेपाल टेलिकम र एनसेलबाट ५ अर्ब असुल्नुपर्ने महालेखाको निष्कर्ष

प्रत्यक्ष निर्वाचित कार्यकारी र सांसदलाई मन्त्री नबनाउने प्रणालीमा जाऔँ- नारायणकाजी

इरानप्रति ट्रम्पको अडान परिवर्तन

संवैधानिक परिषद्सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com