ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड अनुपस्थित हुने भएपछि संसद्‍मा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा गर्ने भनेको सम्बोधन स्थगित भएको छ। अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले संसद्‍मा सम्बोधन गर्ने तयारी थियो।
समसामयिक विषयमा प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन अन्तिम समयमा आएर स्थगित भएको हो।

एमाले मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलको नेता प्रचण्ड पनि आजको संसद् बैठकमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए। एमाले सचेतक सुनिता बरालले पनि यसको पुष्टि गरिन्।

‘प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड पनि आजको संसद् बैठकमा अनुपस्थित हुने स्थिति छ। कांग्रेस सभापति पनि देशबाट बाहिर भएको कारण आजको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको हो,’ बर्तौलाले नेपालखबरसँग भने, ‘प्रमुख नेताहरु नै अनुपस्थित भएको बैठकलाई सम्बोधन गरेर टिकाटिप्पणी हुने विषय किन बनाउनु भनेर प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो। उहाँले अर्को दिन सम्बोधन गर्नुहुन्छ।’

संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ। शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिका अभ्यासभन्दा एक साताअघि नै बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

विशेषगरि बर्खे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा पनि बुझिन्छ। तर, यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दवावमा सरकारले छ।

शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि आन्दोलनमा छन्। यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन्।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्।

यही वैशाख १९ गते संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ। बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ।

संघीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन अवस्थामा छन्। अघिल्लो अधिवेशनमा नौ वटा विधेयक पारित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com