ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री पुनको कमाण्डमा उर्जा क्षेत्र


admin

काठमाडौँ, ९ चैत । सरकारले स्वदेशमा नै जलविद्युत् खपतको लागि नीति, कार्यक्रम र योजना ल्याउने भएको छ ।

केही वर्षभित्र हाल निर्माणमा रहेका जलविद्युत् आयोजनाको निर्माण सकिने र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले केही सरोकार भएका निकायले चिन्ता व्यक्त गरेको सन्दर्भमा सरकारको तर्फबाट त्यस्तो धारणा सार्वजनिक भएको हो ।

माथिल्लो तामाकोशी जस्ता ठूला आयोजना निर्माण भएपछि वर्षाको समयमा विद्युत् खेर जाने अवस्था आउने ऊर्जा उद्यमीको भनाइ छ । मुलुकभित्र उत्पादन हुने जलविद्युत् आयोजनाको विद्युत् खेर जान नदिन ‘इनर्जी बैंकिङ’को अवधारणा पनि अगाडि सारिएको छ ।

यस्तै खाना पकाउने एलपीजी ग्यासको सट्टामा इन्डक्सन चुलोको प्रयोग, विद्युतीय सवारी साधनको बढावा तथा औद्योगिक प्रवद्र्धनमा जोड दिने सरकारको तयारी छ ।

माथिल्लो तामाकोशी आयोजनाले आगामी २०७५ मंसिर मसान्तदेखि विद्युत् उत्पादन शुरु गर्नेछ । सो आयोजना ४५६ मेगावाट क्षमताको हो । यस्तै सोही समयभित्र सरकारी तथा निजी लगानीका आयोजना समेत सम्पन्न हुने अवस्था छ ।

विद्युत् खेर जान्छ कि भन्ने चिन्ता नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विद्युत् खेर जान्छ कि भन्ने चिन्ता गर्नु जरुरी छैन । सरकारले त्यसको लागि हरसम्भव सबै उपाय अवलम्बन गर्दछ । तपाईहरु ढुक्क भएर आयोजना निर्माण गर्नुस्” ।

सरकारले यथेष्ट विद्युत् उपलब्ध गराएर आगामी केही वर्षभित्रैमा खाना पकाउने एलपिजी ग्यास आयातलाई घटाउने तयारी गरेको छ । त्यसका लागि इन्डक्सन चुलो प्रयोगमा जोड दिने नीति लिएको छ ।

यस्तै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको प्रयोगलाई क्रमशः घटाउँदै लगेर विद्युतीय सवारी सञ्चालनमा जोड दिने नीति लिएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा नै दुई स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन खडा गरिसकेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क तथा थापाथलीमा त्यस्तो स्टेशन जडान भइसकेको छ । साझा यातायात सहकारी लिमिटेडले पनि राजधानीका विभिन्न सात स्थानमा विद्युतीय सवारी साधानका लागि चार्जिङ स्टेशन स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) र नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आज यहाँ आयोजना गरेको ‘आर्थिक समृद्धिका लागि जलविद्युत्को विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री पुनले मुलुकभित्रै विद्युत् खपत गर्ने वातावरण मिलाउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर लागू गर्ने बताउनुभयो ।

प्राधिकरणकाअनुसार हालसम्म मुलुकको ६५ प्रतिशत स्थानमा मात्रै केन्द्रीय प्रसारण प्रणाली जडान भएको छ । अझै ३५ प्रतिशत क्षेत्रमा प्रसारण प्रणाली पुग्नसकेको छैन । उद्योग तथा व्यवसायमा समेत विद्युत्को माग बढी रहेको छ ।

मन्त्री पुनले देशभित्रै बजार विस्तार गर्ने र नयाँ÷नयाँ अवसरको खोजी गरी विद्युत् खपत बढाउने कामलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)का पूर्व अध्यक्ष डा खड्गबहादुर बिष्टले हिउँदमा विद्युत् नपुग्ने भए पनि वर्षात्को समयमा विद्युत् खेर जाने अवस्था आउन लागेको भन्दै त्यसका सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।

जलविद्युत् आयोजनाको प्रवद्र्धनमा सरकार र सरकारी निकाय अझै पनि लगानीमैत्री बन्न नसकेको, एकद्वारबाट हुने भनिएका काम अझै हुन नसकेको, बैंकको ब्याजदर बढेको र सरकारले विगतमा गरेका प्रतिबद्धता समेत कार्यान्वयन नभएकोमा उहाँले गुनासो गर्नुभयो । वर्षातको समयमा खेर जाने विद्युत्का लागि इनर्जी बैंकिङको अवधारणा नै सर्वोत्तम विकल्प भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com