काठमाडौं ११ बैशाख । आजमात्रै पदभार ग्रहण गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधन गर्ने बताएका छन्। पदभारलगत्तै पन्तले शिक्षकका मागबारे आफूलाई जानकारी भएको बताउँदै वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताएका हुन्।
‘शिक्षकहरूका मागका विषयमा जानकार छु। मन्त्रालयका अधिकारीहरूले वार्ताको लागि पहल गरिरहेका छन्,ु उनले भने, ुभर्खर त मन्त्रालयको जिम्मेवारी सम्हालेको छु।ुशिक्षकहरू २२ दिनदेखि काठमाडौँको सडकमा आन्दोलित छन्। उनीहरूले शिक्षा ऐन जारी गर्न माग गरेका छन्।







प्रतिक्रिया दिनुहोस्