काठमाडौं, १० वैशाख। तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको छ ।काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो ।तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो । उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो ।







प्रतिक्रिया दिनुहोस्