ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक आन्दोलनबारे एमाले सांसद श्रेष्ठ : जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति आएपछि ‘मर्ता क्या नहिँ कर्ता’


एबीसी न्यूज
बैशाख १०, २०८२ बुधबार  १ : २९ बजे

काठमाडौं १० बैशाख । एमालेका सांसद तथा पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी ठाउँमा समयमा पहलकदमी नहुँदा शिक्षकहरू सडकमा पुगेको बताएका छन् । सबैले सम्मान खोज्ने तर अपमान भएमा सडकमा त्यसको अभिव्यक्ति हुने गरेको श्रेष्ठको भनाइ छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद श्रेष्ठले शिक्षक हेर्दाहेर्दै सडक आन्दोलनमा आएको बताए । ुहेर्दाहेर्दै शिक्षकहरू सडकमा आए । बिस्तारै बिस्तारै अनकन्ट्रोल हुँदैछ, उनले भने, सबै जिम्मेवार हुनुको अर्को विकल्प छैन । जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति हुन थाल्यो भने मर्ता क्या नहिँ कर्ता १ सबैले आ(आफ्नो सम्मान खोज्छ । कसैले पनि आफूलाई अपमान गरेको सहँदैन । अपमानको पीडाको अभिव्यक्ति सडकमा ओर्लियो ।
शिक्षक आन्दोलनलाई केही होइन भन्दै गर्दा समस्या बढेको श्रेष्ठको भनाइ छ । आफू काठमाडौंका जनताको प्रतिनिधि रहेको बताउँदै सांसद श्रेष्ठले त्यसलाई गम्भीरतापूर्वक हेरिरहेको पनि बताए । सांसद र नेताहरू जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
शिक्षक सडकमा रहेको बेला कर्मचारी खटाएर कक्षा १२ को परीक्षा गर्ने निर्णय गलत रहेको पनि श्रेष्ठको भनाइ छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकुमा गरिएका कतिपय व्यवस्थामा असन्तुष्ट रहेका कर्मचारी ट्रेड युनियनले आन्दोलनको घोषणा गरेका छन् । सांसद श्रेष्ठले शिक्षक आन्दोलनलाई पच्छ्याउँदै कर्मचारी पनि आन्दोलनमा जाने वातावरण बनाउन नहुने सुझाव दिएका छन् । देशको स्थायी सरकार मानिएको निजामती कर्मचारी सडकमा आउन लाग्यो भने समस्या हुन्छ, उनले भने ।
त्यस्तै, संसदीय समितिमा गोपनियताका नाममा सञ्चारमाध्यमलाई अपमान गर्ने र पर धकेल्ने कार्य गर्न नहुने पनि सांसद श्रेष्ठले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सम्बन्धित

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com