ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम एकता आगामी वैशाख १० गते घोषणा हुँदै


admin

काठमाडौँ, ९ चैत । नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

२०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरूको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रूप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । ‘एकताको खाकासम्बन्धी काम सकिए दिवस नै कुर्नुपर्छ भन्ने छैन, अघि नै पनि गर्न सकिन्छ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘काम गर्दैगर्दा ढिलो भए एकता दिवससम्म पुग्न सक्छ भन्ने हो ।’

उनका अनुसार एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम चरणमा पुर्‍याइसकेको छ । कार्यदल सदस्यमध्ये धेरै जना मन्त्री भएकाले केही दिनयता एकतासम्बन्धी छलफल अघि बढन सकेको थिएन । तर, अब केही दिनभित्रै वाम एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने गरी काम भइरहेको पौडेलले जानकारी दिए ।

दुई दलबीच दुवै अध्यक्षले केन्द्रको संयुक्त नेतृत्व गर्ने सहमति भइसकेको छ । एकीकृत पार्टीको सबभन्दा माथि दुई अध्यक्ष रहनेछन् । त्यसबाहेक अन्य पदाधिकारी नराख्ने तयारी छ । अध्यक्षबाहेक स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछन् । त्यसको आकार कत्रो हुने भन्नेमा अझै स्पष्ट खाका बनेको छैन । ९९ सयभन्दा कम वा तीन सय हाराहारीको केन्द्रीय समिति बनाउने दुई विकल्प बहसमा छन् । छरितो संगठनका लागि ९९ सय सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने धारणा धेरै नेताको छ । तर यसो गर्दा हाल केन्द्रीय सदस्य रहेका धेरै व्यक्ति पार्टी नेतृत्वबाट बाहिरिने भएकाले ३ सय बढीको केन्द्रीय समिति बनाउनुपर्ने धारणा पनि केहीको छ ।

केन्द्रमा पार्टी एकतापछि संगठन, प्रदेश, जिल्ला हँ‘दै तल्लो तहका संरचना पनि एकीकरण गर्दै लैजाने तयारी छ । केन्द्रकै एकता विधिअनुसार अन्य कमिटी एकीकृत गर्न सजिलो हुने दुवै दलको बुझाइ छ । दुई दलबीच गत असोजमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति भएको थियो । उक्त सहमति र फागुन ७ मा भएको एकतासम्बन्धी सातबुँदे सम्झौतालाई मूल आधार बनाएर एकता प्रक्रिया अघि बढाइएको छ । सहमतिअनुसार दुवै दलले माक्र्सवाद र लेलिनवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा अवलम्बन गर्नेछन् । हाल एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको माओवादबारे एकता महाधिवेशनसम्म छलफल गर्दै लैजाने सम्झौतामा उल्लेख छ । दुवैले शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धालाई मूल राजनीतिक लाइन बनाउने समझदारी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com