ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान दुर्घटनामा ज्यान गुमाएका यादव परिवारलाई समाजसेवी थापाले ऋण मुक्त बनाए


admin

फागुन २८ गते सोमबार बंगलादेशको यूएस बंगला एअरलाइन्सको विमान दुर्घट्नामा ज्यान गुमाएका सर्लाही कविलासीका अवधेसकुमार यादवको परिवारलाई आर्थिक सहयोग गरिएको छ । समाजसेवी उज्वल विक्रम थापाको नेतृत्वमा संकलन भएको एक लाख ९६ हजार रुपैँया बिहिवार मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था दयनीय रहेका अवधेसको परिवारलाई उनी विदेश जाँदा लागेको ऋण समेत तिर्न समस्या रहेको अवस्था थाहा पाएपछि आफूले सामाजिक सञ्जाल मार्फत रकम संकलनगरी हस्तान्तरण गरेको समाजसेवी थापाले बताए ।

‘काठमाडौँमा छोराको शव बुझ्न जाँदा मृतकका बृवा आमालाई भेटेको थिए’, समाजसेवी थापाले भने, ‘आर्थिक अवस्था निकै दयनीय रहेछ, मैले त्यतिबेलानै उनीहरुलाई घर फर्किन यातायात खर्च बापत ११ हजार रुपैँया दिएको थिए । त्यसबेला भनेको थिए, म तपाईँहरुको ऋण तिर्न पुग्ने रकम संकलन गरेर गाउँमै लिएर आउँछु, त्यही वाचा अनुसार मृतकका परिवारलाई गाउँमै आएर पैँसा दिएका हौँ । ’

कविलासी नगरपालिका–३, साबिक जमुनियाँ गाविस– १ बीरनगराका २१ वर्षका अवधेस गत असोज २४ गते वैदेशिक रोजगारका लागि कतार जान घरबाट हिँडेका थिए । विदेश गएको ६ महिना नपुग्दै बिरामी परेपछि स्वदेश फर्किएका अवधेसको फागुन २८ गते सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको विमान दुर्घटनामा ज्यान गएको थियो । घरमा गर्भवती श्रीमतीलाई छाडेर गएका अवधेसको परिवारमा अहिले बुवा राशनारायण, आमा सुमित्रा देवी, श्रीमती पुनम र ५ महिनाकी छोरी छिन् ।

 

दुःखको घडीमा सहयोग पाउँदा भगवान पाएजस्तै भएको मृतक अवधेसका बुवा राशनारायणले बताए । मुर्तीमा भगवान हुन्छ भन्थे, तर भगवान त हिँडेरै आउँदा रैछन्, राजनारायणले भने, ‘सहयोगीहरु त महा भगवाननै रैछन् । ’ उनले भने, ‘सहयोग नपाएको भए घरजग्गानै बेचेर ऋण रकम तिर्नुपर्ने अवस्था रहेको थियो । ’

 

सहयोगी दाताहरुकै उपस्थितीमा अवधेसका बुवा राशनारायण यादवले छोरा विदेश पठाउँदा र बिरामी हुँदा उपचार गर्न लिएको एक लाख ४५ हजार रुपैँया ऋण समेत तिर्नु भएको छ । ऋण दिने दाताहरुले मृतकको परिवारसँग साँहु रकममात्रै लिएका छन् । सहयोग रकम लिएर गाउँमा पुगेका युवाहरुसँगै राजपा नेपाल सर्लाहीका अध्यक्ष नागेश्वर साह र स्थानीय रामदरेश रायले पनि २ हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौँमा अवतरण गर्नेक्रममा बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ यूएस बंगला एअरलाइन्सको विमानमा अचानक आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com