काठमाडौँ ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले शुरूमा मागेको ३३ प्रतिशत आरक्षण स्थानीय तहदेखि संघीय संसद्सम्म आइपुग्दा अहिले ४१ प्रतिशत पुगेको र अब त्यसलाई बढाएर ५० प्रतिशत पु-याइने योजना रहेको बताउनुभएको छ ।
राष्ट्रिय महिला उद्यमी महासंघद्वारा यहाँ आज आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७४’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाका लागि आरक्षण निश्चित समयका लागि मात्रै भएकाले तिनलाई क्षमता विकाससँगै प्रतिष्पर्धाका लागि योग्य हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले घरेलु उद्यममार्फत महिलालाई आर्थिक रुपमा सशक्त बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्