काठमाडौं २५ चैत । नेपाल बार एसोसिएसनको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन निकट उम्मेदवार विजय मिश्रले अग्रता लिएका छन्। उनले २२६ मत प्राप्त गरेका छन्।
त्यस्तै विपक्षी गठबन्धन निकट उम्मेदवार रमन श्रेष्ठले १३० मत प्राप्त गरेका छन्। काठमाडौँको केन्द्रीय कार्यालयमा जारी मतगणनामा अहिलेसम्म सुनसरी, मोरङ, झापा, उच्च अदालत विराटनगर, इलाम र धनकुटाको मत गनिसकिएको छ।
बारको २७औँ केन्द्रीय कार्यसमिति चयन गर्न गत शनिबार काठमाडौँ उपत्यका र बाहिर गरी ३६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। सबै मतदानकेन्द्रका मतपेटिका काठमाडौँ ल्याइसकेपछि मत गन्न सुरु गरिएको हो।
कूल ९ हजार ९५७ मतदाता रहेकामा ७ हजार ९९५ मत खसेको थियो।
बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाले उम्मेदवारी दिएका छन्।








प्रतिक्रिया दिनुहोस्