ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकी करकाे प्रभावबाट बेलायती अर्थतन्त्रलाई जोगाउन सरकार हस्तक्षेप गर्न तयार’


एबीसी न्यूज

काठमाडौं २४ चैत । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले देशको अर्थतन्त्रलाई अमेरिकी करको प्रभावबाट जोगाउनका लागि सरकार हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री स्टार्मरले केही शुल्कबाट बच्न अमेरिकासँग आर्थिक सम्झौताका लागि जोड दिइरहने बताउँदै बेलायती हितको रक्षा गर्न सरकारले हस्तक्षेप गर्नसक्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ ।

आफूहरूलाई थाहा भएको संसार समाप्त भइसकेको चेतावनी दिँदै उहाँले बेलायती व्यवसायलाई अमेरिकी करको आँधीबाट बचाउन औद्योगिक नीति प्रयोग गर्न तयार रहेको कुरा टेलिग्राफमा लेख्नुभएको छ ।

प्रधानमन्त्री स्टार्मरले व्यापार युद्धबाट कोही पनि विजयी नहुने भन्ने आफ्नो सरकारको विश्वास दोहोर्याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वोत्तम सम्झौताका लागि लड्ने’ रहेको बताउनुभयो ।

अमेरिकामा भित्रिने धेरैजसो सामानमा १० प्रतिशत आधारभूत भन्सार शुल्क हिजोदेखि लागू भएको र धेरै देशहरूले यही अप्रिल ९ तारिखदेखि थप उच्च करहरूको सामना गर्नुपर्नेछ । विज्ञहरूले अमेरिकी करले उपभोक्ताहरूका लागि मूल्य बढाउन सक्ने चेतावनी दिइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कठोर रहन प्रशासनलाई आग्रह गर्नुभएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पको सल्लाहकारका रूपमा कार्यरत र सरकारी खर्च र जनशक्ति घटाउने प्रयासमा पनि अगुवाइ गर्दै आएका अर्बपति व्यापारी एलन मस्कले युरोप र अमेरिका शून्य–भन्सार स्थितिमा ‘आदर्श रूपमा’ सर्नुपर्छ भन्ने कुरामा सहमति भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com