ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपालि बर्खामा पनि उपत्यकामा मेलम्चीको पानी नियमित आउने


एबीसी न्यूज

काठमाडौं २० चैत । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ।

अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो

२०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो। २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० प्रतिशत काम सकिएको ‘इन्टेक’मा पूर्ण क्षति पुगेको थियो।
खानेपानी मन्त्रालयबाट भएको अध्ययनबाट पुरानो इन्टेक काम नलाग्ने र नयाँ बनाउनुपर्ने अध्ययनले देखाएको छ। नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमै नियमित पानी ल्याउने मन्त्रालयले जनाएको छ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आउने वर्षातमा मेलम्चीको पानी बन्द नहुने बताए।

‘हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउँछ’, सहसचिव दुवाडीले भने, ‘अहिलेको तुलनामा स्रोत केही कम हुनसक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रुपमा बन्द हुँदैन।’

मेलम्ची खानेपानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र बहादुर पन्तले अस्थायी रुपमा पानी नियमित ल्याउने योजना रहेको बताए।

‘नयाँ कुनै संरचना बनेको छैन। अस्थायी रूपमै काठमाडौंका नियमित पानी ल्याउने योजना छ’, पन्तले भने, ‘वर्षातको समयमा सहायक स्रोतहरु थप गरी सुन्दरीजलमा पानी ल्याउने तयारी छ।’

उनले नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमा पानी ल्याउने बताए। मेलम्चीबाट करिब दैनिक २० करोड लिटर पानी ल्याइरहेको थियो।

चैतको सुख्खायाममा मुहानमा पानीको मात्र कमी भएकाले हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ।

‘नयाँ इन्टेक बनाउनको लागि आर्थिक स्रोत जुटाउनुपर्छ’, पन्तले भने, ‘पुरानो इन्टेकको सट्टा नयाँ बनाउनुपर्छ। थप अध्ययन गरी निर्माण गर्न अझै ४–५ वर्ष तयार हुँदैन।’

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना पूरा नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा उद्घाटन गराएका थिए।

मेलम्चीको पानी आउने विभिन्न ठाउँमा धारा बनाए पनि नियमित रुपमा आउनसकेको छैन।

खानेपानी मन्त्रालयको बजेट सिलिङ बढ्यो
आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयका लागि चालू आवमा २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ बढाएर ३० अर्ब ५९ करोड रुपैयाँ पुर्‍याइएको छ।

मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई नै मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरू बजेट सूचना प्रणालीमा प्रस्ताव गरेको छ।

खानेपानी मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख दुवाडीले भने, ‘मेलम्चीको पानी वर्षातको समयमा पनि काठमाडौं ल्याउने गरी कार्यक्रम प्रस्ताव गरिएको छ।’

बाढीले क्षति पुर्‍याएको मेलम्चीको इन्टेक अगाडी बढाउने, सुन्दरीजलमा साढे २५ सय लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण हुनेछ।

त्यसबाहेक काठमाडौंमा खानेपानी वितरण लाइनका लागि बजेटले प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com