काठमाडौं, २० चैत्र । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।
“शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले भने । आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।








प्रतिक्रिया दिनुहोस्