ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारमा सर्वदलीय बैठक : राप्रपासँगै रास्वपालाई पनि बोलाइएन


एबीसी न्यूज

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार साँझ सिंहदरबारमा सर्वदीलय बैठक बसिरहेको छ । प्रधानमन्त्री ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको मात्रै सर्वदलीय बैठक आइतबार साँझ ७ बजे सिंहदरबारमा बसेको हो।उक्त बैठकमा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी गराइएको छैन । रास्वपा संसद्मा चौथो ठूलो दल हो भने राप्रपा पाँचौँ ठूलो दलका रुपमा छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, दुवै जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, महन्थ ठाकुरको लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरू सहभागी छन् । तर रास्वपाको दोधारे भूमिकाका कारण र शुक्रबारको उग्र प्रदर्शनपछि राजावादी दल राप्रपालाई गणतन्त्रवादीहरूले सहभागी नगराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गरिएको हो ।
शुक्रबार भएको प्रदर्शनका क्रमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रतिनिधिसभाका सांसद एवम् महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरू दुवैमाथि राज्यविरुद्ध अपराधको मुद्दा चलाउन आइतबार नै म्याद पाँच दिनको म्याद लिइएको छ ।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन् । उनले सदनमा देखिएको गतिरोधको अवस्था हटाउने उद्देश्यसहित यो बैठक बसिरहेको बताए ।
यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरेका थिए ।
अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो ।
बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी दिए । संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार नै टेलिफोन संवाद भएको छ । दुई नेताको टेलिफोन संवादपछि गणतन्त्रवादीको सर्वदलीय बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com