ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आकलनभन्दा बाहिर गयो राजावादी प्रदर्शन- गृह मन्त्रालय


एबीसी न्यूज

काठमाडौं १५ चैत । त्यसो त, समाजवादी मोर्चाको कार्यक्रम राखेकै दिन चैत १५ कै दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रदर्शन घोषणा गरेपछि सम्भावित घटना हुन सक्ने आकलन भएको हो।
तर, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा धवलशम्शेर राणा र स्वयं प्रसाईँले प्रदर्शन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाए। त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुने क्षेत्रको खाली स्थान उपलब्ध गरायो। तर, राजावादी प्रदर्शन शान्तिपूर्ण भएन।

शुक्रबार १५ गते बिहानैदेखि राजावादी प्रदर्शनकारी उग्र बन्दै गए। तीनकुने क्षेत्रका केही सर्वसाधारणको घरमा आगजनी गरे। दर्जन बढी घर तोडफोड गरे। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट मच्चाए। जडिबुटीको सन्चो बनाउने कारखानाका ४ वटा गाडी जलाए।

यस्तै, कोटेश्वरमा प्रहरीको गाडी जलाए। राजावादी प्रदर्शनकारीले राजनीतिक दलका कार्यालयसमेत तोडफोड गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीको आलोकनगरमा रहेको कार्यालयका कागजपत्र नियन्त्रणमा लिएर आगो लगाउनुका साथै घरको सिसा फुटाइएको छ।

प्रदर्शन हिंसात्मक बन्न थालेपछि परिस्थितिलाई बिग्रिन नदिन प्रशासनले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ। सेना पनि खटाइएको छ।

आफ्नो कार्यालय तोडफोड भएपछि एकीकृत समाजवादीका नेता(कार्यकर्ता विरोधमा उत्रिने तयारीमा छन्।

यस्तै नेकपा एमालेनिकट युवा संघले प्रतिकारको तयारी गरिरहेको छ। यसले अझै बढी मुठभेड र दंगाको जोखिम बढाएको छ।

कम्तीमा एकजनाको ज्यान गएको गृहले पुष्टि गरेको छ। अस्पताल, दमकल, प्रहरी बिट र सवारी साधन तोडफोड गरिएका छन्। यसले सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठाएको छ।

यो विषय शुक्रबार साँझ गृह मन्त्रालयको पत्रका सम्मेलनमा पनि उठ्यो। गृह कहाँ चुक्यो ?

पत्रकारको यस प्रश्नमा सुरक्षा प्रमुखहरूको बैठकपछि गरिएको पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले भने, ‘२० वर्षपछि उस्तै घटना भएको थियो। आज निश्चित मिसन भएकाले त्यो लेभलको घटना होला भन्ने अनुमान नभएकै हो। दमकलमाथि आगजनी भएको छ। आगलागी नियन्त्रण गर्न गएको सशस्त्रको गाडी जलाइयो। त्यसैले त्यहाँ समयमै आगलागी नियन्त्रणमा लिन सकिएन। अनुमान गरिएको भन्दा फरक र अराजक भएको हो, भिडचाहिँ।’

अब के गर्छ त सरकाररु सुरक्षा व्यवस्था कसरी मिलाउँछ?

रिजालले भने, ‘सूचनालाई अध्ययन गरेर पूर्वराजाबारे निर्णय लिइन्छ। आजको घटनामा दुर्गा प्रसाईं नै जिम्मेवार हुनुहुन्छ। आजको क्षतिको जिम्मा पनि लिनुपर्छ।’

अहिलेको दंगामा संलग्न व्यक्ति जहिले पनि पक्राउ परी कारबाही हुन सक्ने उनले बताए।

‘अहिले मानिसहरू छुटिहाले केही हुँदैन भन्नेचाहिँ हुदैन,’ उनले भने, ‘१५ जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते हुनुभएको छ। कीर्तिपुर(४ का सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ। सरकारले दोषीमाथि कानुनी कारबाही गरेरै छाड्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com