ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने


एबीसी न्यूज

काठमाडौं १४ चैत । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा जवाफ दिन सरकार तयार भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका तर्फबाट कसैले जवाफ दिने, प्रधानमन्त्रीले नदिने बताएका हुन्।

सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भेटेर फर्किएका बर्तौलाले नेपालखबरसँग भने, प्रधानमन्त्रीले यस विषयमा जवाफ नदिने तर सरकारको तर्फबाट कसैले जवाफ दिने बताउनु भयो।

उता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे प्रधानमन्त्रीबाहेक कसैले जवाफ दिने कुरामा सहमति नहुने बताउँछन्।

यस विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ। प्रधानमन्त्रीबाहेक कसैले पनि जवाफ दिने विषयमा सहमति हुँदैन।

सोमबारको मन्त्रिपरिषद्को बैठकले चार महिनामात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि यस विषयले सदनमा प्रवेश पाएको हो।

कुलमानलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ। उनले पदभार ग्रहण गरेर दीर्घकालीन महत्वका निर्णयहरू समेत गर्न थालिसकेका छन्।

कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसहित संघीय संसद्‌का दुवै सदन अवरुद्ध छन्।
राष्ट्रियसभा आज चलेर पनि अवरुद्ध भइसकेको छ। भने प्रतिनिधिसभा सञ्चालन नहुन सकेको छैन। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि डाकिएको थियो।

सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग यसै विषयमा छलफल गर्न बैठक राखेका थिए। छलफलमा सहमति नभएपछि संसद् बैठक बस्दै नबसी २ बजेसम्मका लागि स्थगित गरिएको सूचना संसद् सचिवालयले प्रकाशित गरेको थियो। तर ३ बजिसक्दासमेत बैठक बस्न सकेको छैन।

घिसिङले पनि आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com