काठमाडौं, ७ चैत । ०६२/०६३ को आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज आठ वर्ष बितिसकेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको फागुन ७ गते छोरी सुजाता कोइरालाको निवास मडीकटारमा निधन भएको थियो । कोइरालाको अगुवाइमा सफल भएको ०६२÷०६३ कोे आन्दोलनका प्रमुख उपलब्धि गणतन्त्र, सङघीयता, धर्मनिरपेक्षता र समावेशिता निधन भएको आठ वर्षपछि नयाँ संविधानमार्फत भएको निर्वाचनबाट संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।
तीन पटक नेपाली काँग्रेसको सभापति र पाँच पटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइरालाको प्रतिनिधिसभाको पुनःस्थापनाको अडानले तत्कालीन निरङ्कुश राजतन्त्रका विरुद्ध थालिएको आन्दोलन सफल भएको थियो । छ दशक लामो सक्रिय राजनीतिको अनुभवका आधारमा कोइरालाले जीवनको उत्तराद्र्धमा सहमति, सहकार्य र एकताबाटै शान्त प्रक्रियालाई निष्कर्र्षमा पु¥याउन जोड दिए पनि उहाँको कार्यकालमा त्यो सम्भव हुन सकेन ।
नेपालको राजनीतिकै नायक मानिएका कोइरालाले आङ्खनो जीवनको उत्तराद्र्धमा ठूलो जोखिम मोलेर तत्कालीन विद्रोही माओवादीसँग निरङकुश राजतन्त्रकाविरुद्धको आन्दोलनमा सहयात्रा गर्नुभएको थियो । आफ्नै पार्टीमा विरोध हँुदाहँुदै पनि कोइरालाले मुलुकमा शान्ति ल्याउन हतियारको राजनीति थालेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन अतुलनीय योगदान गर्नुभएको थियो ।
कोइरालाकै एकल अडानमा पुनःस्थापना भएको तत्कालीन प्रतिनिधिसभाले नै सङघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत महन्वपूणर््ँ विषयमा ठुल्ठूला घोषणा गरेको थियो । उहाँकै नेतृत्वमा २०६४ साल चैत २८ गते मुलुकमा पहिलोपटक निर्वाचन भएको संविधानसभाले २०६५ साल जेठ १५ गते विधिवत् रुपमा गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
नेपाली राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्व कोइरालाको स्मृतिमा कांग्रेस केन्द्रीय समितिले भने कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन । सरकारले पनि यो विषयमा कुनै कार्यक्रमको आयोजना गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्