ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरिजाप्रसाद कोइरालाको स्मृतिमा कांग्रेस बेखबर !


admin
चैत्र ७, २०७४ बुधबार  ११ : ५२ बजे

काठमाडौं, ७ चैत । ०६२/०६३ को आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज आठ वर्ष बितिसकेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाको फागुन ७ गते छोरी सुजाता कोइरालाको निवास मडीकटारमा निधन भएको थियो । कोइरालाको अगुवाइमा सफल भएको ०६२÷०६३ कोे आन्दोलनका प्रमुख उपलब्धि गणतन्त्र, सङघीयता, धर्मनिरपेक्षता र समावेशिता निधन भएको आठ वर्षपछि नयाँ संविधानमार्फत भएको निर्वाचनबाट संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।

तीन पटक नेपाली काँग्रेसको सभापति र पाँच पटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइरालाको प्रतिनिधिसभाको पुनःस्थापनाको अडानले तत्कालीन निरङ्कुश राजतन्त्रका विरुद्ध थालिएको आन्दोलन सफल भएको थियो । छ दशक लामो सक्रिय राजनीतिको अनुभवका आधारमा कोइरालाले जीवनको उत्तराद्र्धमा सहमति, सहकार्य र एकताबाटै शान्त प्रक्रियालाई निष्कर्र्षमा पु¥याउन जोड दिए पनि उहाँको कार्यकालमा त्यो सम्भव हुन सकेन ।

नेपालको राजनीतिकै नायक मानिएका कोइरालाले आङ्खनो जीवनको उत्तराद्र्धमा ठूलो जोखिम मोलेर तत्कालीन विद्रोही माओवादीसँग निरङकुश राजतन्त्रकाविरुद्धको आन्दोलनमा सहयात्रा गर्नुभएको थियो । आफ्नै पार्टीमा विरोध हँुदाहँुदै पनि कोइरालाले मुलुकमा शान्ति ल्याउन हतियारको राजनीति थालेको माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन अतुलनीय योगदान गर्नुभएको थियो ।

कोइरालाकै एकल अडानमा पुनःस्थापना भएको तत्कालीन प्रतिनिधिसभाले नै सङघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत महन्वपूणर््ँ विषयमा ठुल्ठूला घोषणा गरेको थियो । उहाँकै नेतृत्वमा २०६४ साल चैत २८ गते मुलुकमा पहिलोपटक निर्वाचन भएको संविधानसभाले २०६५ साल जेठ १५ गते विधिवत् रुपमा गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

नेपाली राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्व कोइरालाको स्मृतिमा कांग्रेस केन्द्रीय समितिले भने कुनै औपचारिक कार्यक्रमको आयोजना गरेको छैन । सरकारले पनि यो विषयमा कुनै कार्यक्रमको आयोजना गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

नेपाल प्रहरीको इन्स्पेक्टरबाट सेवा सुरु: सशस्त्रको कमान

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com