ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिआरआईबाट नेपाल बढी लाभान्वित हुने उपराष्ट्रपति पुनको विश्वास


admin
चैत्र ६, २०७४ मंगलबार  ३ : १६ बजे

काठमाडौँ, ६ चैत। उपराष्ट्रपति नन्दबहादुर पुनले चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ (बिआरआई) बाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले दिनुभएको बधाई तथा शुभकामना चिनियाँ राजदूत यु होङमार्फत लिँदै उपराष्ट्रपति पुनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको उल्लेख गर्नुभयो ।

चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटवार्ता गर्न नेपालका लागि चीनका राजदूत यु होङ आज उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुग्नुभएको थियो ।

उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नातर्फबाट उपराष्ट्रपति पुनलाई बधाई तथा शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा चिनियाँ राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकामा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्नुहुँदै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने स्पष्ट गर्नुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

शनिबार साँझदेखि इस्लामावादमा अमेरिका–इरान वार्ता जारी, ‘गहिरो वार्तामा अमेरिका’ — ट्रम्प

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com