काठमाडौं २९ फागुन । फागु मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको छ।
काठमाडौं उपत्यकामा आज बिहीबार० बिहानैदेखि फागु मनाउन शुरु भएकोमा फागुलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।
फागु पर्व मनाउने नाममा उच्छृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न जाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा प्रहरीले सवारी रोकेर चालकले मादक पदार्थ सेवन गरे(नगरेको भनी जाँच गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्