काठमाडौं २९ फागुन । नेपालमा बोलिने एक सय २५ भाषाका लागि साझा लेखन पद्धति निर्माण गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो ।
कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’ को ‘डिजाइन’ गरेर मङ्गलवार यो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
आवरण प्रकाशनका प्रबन्ध निर्देशक पौडेलले २२४ ‘क्यारेक्टर’ रहेको ‘दुबो’ फन्ट देवनागरी र ‘युनिकोडे’ भन्दा फरक ‘लेआउटे’ मा भए पनि प्रयोगमा सजिलो रहेको बताउनुभयो ।
भाषाविद् प्रा।डा।माधव पोखरेलले प्रस्तावित फन्टले लिपि नभएका तर नेपालमा बोलिने धेरै भाषाहरूको लेखन पद्धतिमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्