काठमाडौं २६फागुन । अमेरिकी सिक्रेट सर्भिसका सुरक्षाकर्मीले ह्वाइट हाउसबाहिर एक हतियारधारी व्यक्तिमाथि गोली प्रहार गरेका छन्। सबैरै सशस्त्र मुठभेडपछि सो घटना भएको बताइएको छ।
सिक्रेट सर्भिसले स्थानीय प्रहरीबाट इन्डियानादेखि वासिङ्टन डीसीतर्फ एक सशस्त्र व्यक्ति आउँदै गरेको सूचना पाएको थियो।
सोही हुलियाको मान्छे ह्वाइट हाउसबाहिर देखिएपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए। तर, ती व्यक्तिले ‘हतियार तेर्स्याएपछि गोली चलाइएको’ सिक्रेट सर्भिसले विज्ञप्तिमार्फत जनाएको छ।
ती व्यक्ति अस्पतालमा रहेको र उनको अवस्था अज्ञात रहेको बताइएको छ।
सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा थिएनन्। उनी यो सप्ताहन्त फ्लोरिडास्थित आफ्नै निवासमा छन्।
यो घटनाको वासिङ्टन महानगर प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। एजेन्सी








प्रतिक्रिया दिनुहोस्